८ वैशाख २०८१ शनिबार
विचार

बाटो चौँडा पार्नुको अर्थ

डा. सरस्वती पाध्ये
नजिकका आफन्तको पेटभित्र अवस्थित रक्तनलीमा असामान्य समस्या देखियो। त्यसैको उपचारका लागि भारतमा थिएँ। त्यसैले मनमा पिरलो थियो– शल्यक्रियाको परिणाम के÷कस्तो निस्कने हो भनेर। त्यसो त मैलेजीवनमा हजारौँको संख्यामा स्त्री तथा प्रसूति अपरेसन गरेँ हुँला। हरेक पल्ट बिरामीका आफन्तले यस्तै पिरलो झेले होलान्। कुरा यतिमा टुंगिँदैन। म भारतमा त्यस्तो अप्ठ्यारो परिस्थिति झेलिरहेकै बेला नेपालबाट तारन्तार आउने फोनले झनै सतायो।

नेपालबाट घरीघरी फोन आएको कारणचाहिँ बिरामीको चिन्ताले थिएन। सरकारले बाटो फराक बनाउँदैछ र भरे/भोलि नै डोजर ल्याएर मेरो बासस्थान सोत्तर बनाइदिँदैछ भन्नेखालको थियो। त्यो बेला मेरो हविगत के भयो होला ? सोच्नुस् त। बिरामीलाई नसुनाउँ कसरी? उहाँ घरमूली। सुनाउँ, कसरी ? सोचेँ, मलाई जस्तै धेरै काठमाडौँबासीलाई यस्तो पिरलो आइलागेको होला। कसैको पसल उडाउन लाग्या छ रे, कसैको जग्गा, कसैको घर। कति ऋणमा डुबे होला, कति डिप्रेसनमा गए होला, कतिका त यसकै पिरले असामयिक मृत्यु पनि भयो होला। सम्बन्धित निकायलाई मेरो एउटा प्रश्न– के बाटो चौँडा पार्दैमा समृद्धि आउँछ ? कि स्मार्ट सिटी बन्छ?कि चुनाव जितेको सय दिनसम्म सय थरी काम गरी देखाउने मेलो ?

आज जथाभावी सडक खनेर समयमै निर्माण सम्पन्न नगरेकाले धुलो धुवाँका कारण श्वास÷प्रश्वास अनि अन्य सरुवा रोगका कारण भएको मृत्युको कसले लिन्छ जिम्मेवारी ?

कतिपय ठाउँमा भरे/भोलि पिच गर्ने जस्तो, बाटो सम्याउने जस्तो गरी घरी केका खातिर, घरी केका लागि बाटो खनेको छ। टेलिभिजनका पर्दामा विभागीय मन्त्रीहरू भरे नै, भोलि नै छुमन्तर गरी विकास हुने जस्तो गरीफलाकिरहेका देखिन्छन्। के जवाफदेहिता भन्ने कुनै चिज पनि छ है भनेर हेक्का छ ? उत्तरदायित्व भन्ने नि ? डाक्टरले राम्रो मनसाय राख्दाराख्दै उपचारका क्रममा तल–माथि भयो भने फौजदारी अभियोग लाग्ने, पछिल्लो मुलुकी संहिताअनुसार त कारागार नै जानुपर्ने व्यवस्था छ। तर विभागीय मन्त्री अनि उच्च ओहोदाको कर्मचारीले बोलेका कुरा पूरा नहुँदाचाहिँ कुनैकारबाही नहुने? के गणतन्त्र, लोकतन्त्रमा पनि जवाफदेहिता नचाहिने ? त्यसो भए पहिलेको व्यवस्था र अहिलेकोमा के भिन्नता भयो त ? हामीले केका लागि व्यवस्था बदलेको त ? आज जथाभावी सडक खनेर समयमै निर्माण सम्पन्न नगरेकाले धुलो धुवाँका कारण श्वास÷प्रश्वास अनि अन्य सरुवा रोगका कारण भएको मृत्युको कसले लिन्छ जिम्मेवारी ?

मैले पनि युरोप, अमेरिका र एशियाकै धेरै सहर घुमेकी छु। खै त्यहाँ यसरी सोत्तरसात्तर पारेको देखिँदैन त ? युरोपका गल्ली÷चोकलाई यथावस्थामा संरक्षण÷सम्वद्र्धन गरिराखेको छ त।के त्यहाँ समृद्धि नआएको हो त ? कि नेताको विश्लेषण र मेरो विश्लेषणमा भिन्नता छ?पोहोर हो कि परारताका हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठले दसैंँताकाको काठमाडौँको फोटो सोसल मिडियामा पोस्ट गरेका थिए। त्यसमा काठमाडौँका सहर अनि बाटाघाटा साँगुरो देखिएका थिएनन्। मोफसलका नेपाली दाजुभाइ तथा दिदीबहिनी दसैँं÷तिहारका लागि आफ्नो थातथलो फर्किँदा काठमाडौँ खुकुलै देखिएको थियो। यहाँनिर एउटा प्रश्न सोध्न मन लाग्यो–भएभरका सुविधाका अवसर अनि सरकारी कार्यालय काठमाडौँमा थुपारेपछि देशैभरिबाट काठमाडौँमा नथुप्रिएर के गरुन् त ? गणतन्त्रमा त केही सुधार होला कि भन्ठानेको, चालामाला राम्रो देख्दिनँ।

बेलैमा, वास्तवमै विकेन्द्रीकरण भइदिएको भए उच्च शिक्षाका लागि, विदेश उड्नका लागि, पासपोर्ट बनाउनका लागि, ट्रान्सक्रिप्ट निकाल्नका लागि, दीक्षान्त समारोहका लागि, अलिकति गुणस्तरको उपचार पाउनका लागि काठमाडौँ नै धाउनुपथ्र्यो र ? अर्कोतर्पmबाट कुरा गरौँ– के काठमाडौँबाहिर पनि नेपाल छ है भनेर बेलैमा सोचेको भए, अनि मोफसलमा पनि आधारभूत कुराहरूको विकास अनि उपलब्धता गरिदिएको भए के डाक्टर के इन्जिनियर जस्ता दक्ष जनशक्ति काठमाडौँमा मात्र थुप्रन्थे त ? जे गर्न पनि काठमाडौँ धाउनुपर्छ।अनि यहीँमात्र अवसरहरू पाइने भएपछि काठमाडौँमा जनघनत्व बढ्ने नै भयो त। खै कुरा बुझेको ?

अनि मैले नबुझेको, केका लागि यी बाटा फराक बनाइएको ?मोटरसाइकल पार्किङ गर्नका लागि हो ? कि कार, ट्याक्सी पार्किङका लागि ?आखिरमा एम्बुलेन्स अनि दमकल नछिर्ने वातावरण सडक चौडा पार्नुअघि पनि थियो र अहिले पनि। कतिपय ठाउँमा बाटो फराकिलो बनाइँदा पनि बाटो साँघुरो हुने हिसाबले बीचमा फेरि कतै गार्डेन बनाइएको छ, कतै आइल्यान्ड बनाएको छ। आखिर चौँडा केका लागि ?

विकास चाहिन्छ। यसमा दुई मत नै छैन। तर परम्परा अनि पुरातात्विक सम्पत्तिको संरक्षण र सम्वद्र्धन गर्दै गरेको विकास पो सुनमा सुगन्ध हुन्थ्यो त। मुख्य कुरा काठमाडौँ मात्र नेपाल होइन, अहिले प्रदेशस्तरमा त जनताका सुविधा पुर्‍याउनुपर्‍यो नि। अनि पो व्यवस्था परिवर्तनको आभाष मिल्छ। मैले नबुझेको अर्को कुरा, विकास निर्माणका केही प्रश्न गर्‍यो कि यति बजेट हालेको छु, उति बजेट विनियोजन गरेको छु भनेको सुनिन्छ। रातो किताबमा लेखेको त खोपीको देउता जस्तै भइरहेको छ नि। त्यसमा कतिचोटिटिपेक्स पोत्नुपर्‍यो, बर्सेनि प्रिन्टमाथि रिप्रिन्ट गर्नुपर्‍यो। त्यो अर्थमन्त्रीहरूलाई नै अवगत होला। सडक तन्काउने मेसोचाहिँ नगर्ने अनि राजस्वको लोभमा गाडीचाहिँ थप्याथप्यै गरेर सडक पुगेन भनी कोकोहोलो मच्चाएर मानिसको आँसु÷पसिना एक गरी कमाएको घर÷जग्गा नासेर बाटो चौडा पार्नु एकरत्ति बुद्धिमता हुन सक्दैन।

 

 

प्रकाशित: ११ चैत्र २०७५ ०४:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App