७ वैशाख २०८१ शुक्रबार
समाज

पूर्व कानूनमन्त्रीद्वारा नियम विपरीतका कार्य, अदालतमा उपस्थित हुन आजको म्याद

काठमाडौं  - सत्तारुढ दलका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले नियम विपरीतका कार्य गरेपछि स्थानीयवासी चासो देखाउँदै अदालत पुगेका छन्। पूर्व मन्त्री तामाङले सांसद पूर्वाधार विकास कोषको रकम दुरुपयोग गरेको भन्दै सिन्धुपाल्चोकका स्थानीय पत्रकार निरोज चौलागाईंले उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेका हुन्।

पत्रकार चौलागाईंले तामाङविरुद्ध गत फागुन २८ गते उच्च अदालतमा मुद्दा दर्ता गरेका थिए। अदालतका न्यायाधीश नरेन्द्रकुमार सिवाकोटीको एकल इजलासले मुद्दामा सुनवाइ गर्दै तामाङविरुद्ध कारण देखाउ आदेश जारी गर्दै चैत्र ११ गते उपस्थित हुन आदेश दिएको थियाे।

तामाङ सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन्। गत मसिंरमा सांसद विकास कोषको रकम विनियोजन र योजना छनौटका विषयमा बुझ्न सूचना माग गर्दा जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले योजना छनौटका विषयमा सूचना लुकाएपछि आफूले सूचना मागसहित विनियोजन रकम कानुनविपरीत भएको भन्दै अदालतमा जानु परेको पत्रकार चौलागाईंले बताए।

बंगलादेशमा अध्ययनरत नेपाली छात्राका अस्मितामाथि आँच आउने गरी अभिव्यक्ति दिएको भन्दै सबैतिर बाट विरोध भएपछि कानुनमन्त्रीबाट तामाङले राजीनामा दिएका थिए।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App