८ वैशाख २०८१ शनिबार
अन्य

भक्तपुरमा आजबाट दसैँ विसर्जन

भक्तपुर-विजयादशमी अर्थात् टीकाकोे दिन महिषासुर दैत्यको प्रतीकका रूपमा खःमेथ (राँगो)लाई नवदुर्गा मन्दिरबाट लखेट्दै ब्रह्मायनी मन्दिर लगेर वध गरी जम्मा गरिएको रगत आज बिहान नवदुर्गा देवगणलाई चढाएर दसैँ विसर्जन गरिएको छ ।

खःमेयको वध गरी ब्रह्मायणीलगायतका देवीदेवतालाई चढाएर बाँकी रहेको रगत भैलकोचा (माटोको घ्याम्पो) मा जम्मा गरिएको थियो । यसवर्ष दुईदिन पूर्णिमा परेको र पूर्णिमाको पूजा आज बिहानी गर्नुपर्ने भएकाले सङ्कलित रगत देवगणलाई चढाएपछि दसैँ विसर्जन गरिएको हो । आज भक्तपुरको नवदुर्गा मन्दिरमा बिहानैदेखि स्थानीय बासिन्दा नवदुर्गाको पूजा गर्न आएका छन् । रासस

प्रकाशित: ३० आश्विन २०७३ ०३:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App