coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘अमेरिकाले राखेको सर्तसहितको सहयोग नस्वीकार’

काठमाडौँ - अमेरिकाले सर्तसहित उपलब्ध गराउने भनेको सहयोग सरकारले स्वीकार्न नहुने नेपाल मजदुर किसान पार्टीले बताएको छ। 

पार्टी सचिव प्रेम सुवालद्वारा जारी विज्ञप्तिमा भनिएको छ –सर्त राखेर सहयोग उपलब्ध गराउनु भनेको नेपालको आन्तरिक तथा परराष्ट्र मामिलामाथि हस्तक्षेप गर्नु हो, त्यसैले सहयोगको विरोध गर्नुपर्छ। 

केही समयअघि अमेरिकाले नेपाललाई ५६ अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने बताएको उक्त पार्टीको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १० चैत्र २०७५ १५:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App