७ वैशाख २०८१ शुक्रबार
भिडियो

राजधानीमा सार्वजनिक शौचालयको अभाव

काठमाडौं- तीव्र सहरीकरणसंगै जनघनत्व बढे पनि राजधानी काठमाडौंमा सार्वजनिक शौचालय भने पर्याप्त छैनन्। पर्याप्त सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले सास्ती खेप्नु परेको छ। हाल काठमाडौं महानगरभित्र ५८ शौचालय छन्। तर धेरैजसो सर्वसाधारणले शौचालय झट्टै देख्न सक्ने अबस्था छैनन्। भएका शौचालय पनि ब्यवस्थित छैनन्। सरसफाइ, उज्यालो, पानीको पर्याप्त छैनन्।

हुन त काठमाडौं महानगरपालिकाले पनि राजधानीमा सार्वजनिक शौचालयलाई ब्यवस्थित र सुलभ बनाउन पहल गरि रहेको दावी गरेको छ। पछिल्लो अध्ययन अनुसार २ सय ८४ स्थानमा शौचालय बनाउन सकिने अध्ययन गरेको छ। 

पछिल्लो समय विभिन्न नगर र प्रमुख बजारमा भ्यु टावर बनाउनेदेखि विभिन्न महत्वकांक्षी आयोजनाहरु संचालनको तयारी रहेको छन्। तर तिनै सहरमा सार्वजनिक शौचालय जस्ता आधारभूत पूर्वाधार निर्माणमा भने खासै चासो दिइरहेको पाइँदैन। जनतालार्इ नभइ नहुने सुविधा र सार्वजनिक स्थलमा हुनैपर्ने पूर्वाधार नहुनुले हाम्रो सभ्यता र विकासको दिशा कतातिर उन्मुख छ भन्ने प्रश्न उब्जाएको छ।

भिडियो रिपोर्ट- बिश्वास खनाल 

प्रकाशित: १० चैत्र २०७५ १४:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App