coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘मधेसलाई पानी चाहिएको छ पानीजहाज होइन’

सर्लाही - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेसमा पानीको समस्या भएको बताएका छन्। पानी जहाजको अधुरो सपना देखाएर सरकारले मधेसी जनताको उपहास गरेको पनि उनले आरोप लगाए। 

नेपाली कांग्रेस सर्लाहीद्ववारा सदरमुकाम मलंगवामा आइतबार आयोजित आमसभालाई सम्बोधन गर्दै नेता पौडेलले भने, ‘ ‘मधेसी जनतालाई खान र सिँचाइका लागि पानी चाहिएको छ तर, केपी ओलीले पानी जहाजको सपना मात्र देखाए।’

मधेसको उर्वर भूमिका लागि सिंचाईको व्यवस्था गर्न सुनकोशी डाईभर्सन लगायत कामलाई तिब्र गतिमा अगाडी बढाउनुको सट्टा प्रधानमन्त्री केपी ओली पानीजाहाजमै रुमल्लिएको देख्दा आफू आश्चर्यचकित बनेको पौडेलले बताए।

‘मुलुकको समृद्धिका लागि तराईको उर्वर भूमिमा सिंचाईको व्यापकता हुनुपर्छ, कृषिमा यान्त्रिकरण गर्नुपर्छ’, पौडेलले सरकारप्रति प्रश्न तेस्र्याए, ‘तर समृद्धिको एकोहोरो नारा रट्ने वर्तमान सरकारले तराई मधेशलाई आवश्यकता पर्ने यस्ता कुराहरुमा पटक्कै ध्यान दिएको छैन, खाली पानीजहाज मात्र भन्छ, के पानीजाहाजले समृद्धि सम्भव छ?’

 

प्रकाशित: १० चैत्र २०७५ १३:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App