८ वैशाख २०८१ शनिबार
राजनीति

मुलुकी संहिता संशोधनसम्बन्धी विधेयक पारित

काठमाडौँ-प्रतिनिधिसभाको आजको बैठकले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’ लाई बहुमतले पारित गरेको छ। बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सोसम्बन्धी प्रस्ताव राखेका थिए। 
विधेयकमाथिको छलफलका क्रममा सांसदले राखेको जिज्ञासाको जवाफ दिँदै मन्त्री ढकालले जनताको दैनिकीसँग जोडिएका कानूनमा भएका जटिलता फुकाउन सरकार सधैँ सकारात्मक रहेको धारणा व्यक्त गरेका थिए। छलफलमा प्रेम सुवाल, पुष्पा भुसाल, कृष्णभक्त पोखरेल, शेरबहादुर तामाङलगायतले आफ्ना धारणा राखेका थिए। रासस 
 

 

प्रकाशित: १० चैत्र २०७५ ०९:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App