८ वैशाख २०८१ शनिबार
समाज

एकीकृत जाँच चौकीमा आगलागी

वीरगञ्ज – वीरगञ्जस्थित एकीकृत जाँच चौकी(आईसीपी) मा आगलागी भएको छ। चौकीको भारततर्फको जाँच गर्ने भागमा आगलागी भएको हो। दिउँसो १ बजेबाट लागेको आगो अझै नियन्त्रणमा आएको छैन।

आगो जाँच चौकीको प्रांगणमा रहेको घाँसे मैदानबाट सुरु भएको थियो। आगलागी भएको क्षेत्रमा भारतीय सुरक्षा निकायले कसैलाई प्रवेश गर्न दिएको छैन।

आगलागीबाट कति क्षति भयो भन्ने विवरण आइनसकेको वीरगञ्ज भन्सार कार्यालयका प्रवक्ता मनिष महतोले जानकारी दिए।
 भन्सारमा आयत, निर्यात गरिएका सामानमा क्षति पुगेको/नपुगेको विवरण आइनसकेको उनले बताए।

आगो वीरगञ्ज महानगरका चार र भारत रक्सौलका दुईवाट दमकलबाट नियन्त्रणको प्रयास भइरहेको छ। आगो कसरी लाग्यो भन्ने खुल्न सकेको छैन। यस विषयमा भारतीय सुरक्षाकर्मीहरु बोल्न चाहेका छैनन्। उक्त जाँच चौकी नेपालतर्फ ११५ र भारततर्फ ११० विगाह क्षेत्रफलमा फैलिएको छ।

 

प्रकाशित: १० चैत्र २०७५ ०८:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App