coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

गोर्खाज फाइनान्सको ब्रान्डदूत मेलिना

काठमाडौं – गोर्खाज फाइनान्स लिमिटेडको ब्रान्डदूतमा गायिका मेलिना राई नियुक्त भएकी छिन्। फाइनान्सले राईसँग शुक्रबार ब्रान्डदूतसम्बन्धी सम्झौता गरेको जनाएको छ।सम्झौतापत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) लालबहादुर थिङ र गायिका राईले हस्ताक्षर गरेका छन्। गायिका राईले अब एक वर्षसम्म संस्थालाई ब्रान्डदूतको रुपमा सहयोग गर्नेछिन्।

कार्यक्रममा संस्थाका अध्यक्ष प्रेमबहादुर खापुङले गायिका राईसँगको सहकार्यले फाइनान्सको व्यापार, व्यवसाय प्रवद्र्धनमा तीव्र गतिले फड्को मार्ने तथा संस्थागत सामाजिक उत्तरदायित्वमा पनि टेवा पुग्ने बताए।
त्यस्तै, ब्रान्डदूत राईले देश तथा विदेशमा आफ्ना सोचहरुसँगै गोर्खाज फाइनान्सको व्यवसाय प्रर्वद्धनमा संस्थालाई सहयोग गर्ने बताएकी छिन्।

राष्ट्रिय स्तरको  यस संस्थाको चुक्ता पुँजी ८७ करोड रुपैयाँ छ। यस वर्षको दोसो त्रैमासिकको वित्तीय विवरण अनुसार यो संस्था सबैभन्दा बढी चुक्ता पुँजी र नाफा कमाउने फाइनान्समा दोस्रो हुन सफल भएको छ। कार्यक्रममा फाइनान्सका अध्यक्ष प्रेमबहादुर खापुङ, गोर्खा समूहका संयोजक पुरञ्जन राई, फाइनान्सका पूर्वअध्यक्ष महेन्द्रलाल राई तथा संस्थाका कम्पनी सचिव मुकुन्द श्रेष्ठको उपस्थिति थियो।
 

प्रकाशित: १० चैत्र २०७५ ०७:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App