७ वैशाख २०८१ शुक्रबार
समाज

अन्तर्राष्ट्रिय सनातन वैदिक आर्य महासम्मेलन नेपालमा हुने

काठमाडौँ- नेपाल आर्य समाजको आयोजनामा अन्तर्राष्ट्रिय सनातन वैदिक आर्य महासम्मेलन कात्तिक ४, ५ र ६ गते टुँडिखेलमा हुने भएको छ । 

महासम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने  आयोजक समितिका सहसंयोजक जनार्दन घिमिरेले  जानकारी दिए। सम्मेलनमा अमेरिका, अस्ट्रेलिया, भारत र नेपालका गरी आठ हजार ५०० व्यक्तिको सहभागिता हुनेछ । 

महासम्मेलनका तीनै दिन बिहान ५ देखि ६ बजेसम्म योग शिविर सञ्चालन गरिनेछ । कात्तिक ४ गते बिहान ६ बजेदेखि सहिदगेट–त्रिपुरेश्वर–सहिद शुक्रराज शास्त्रीलाई फाँसी दिइएको टेकुस्थित रुख–झोँछे–असन–इन्द्रचोक–भोटाहिटी हुँदै टुँडिखेलसम्म शोभायात्रा हुनेछ । शोभायात्रापछि वैदिक यज्ञ गरी महासम्मेलनको उद्घाटनको कार्यक्रम तय गरिएको छ । 

महासम्मेलनका क्रममा आठवटा छुट्टै सम्मेलनसमेत आयोजना गरिएको समिति संयोजक सहप्राध्यापक डा माधवप्रसाद उपाध्यायले बताए। 

कात्तिक ५ र ६ गते भने बिहान ७ बजेदेखि वैदिक यज्ञ हुनेछ । महासम्मेलनको वैदिक यज्ञमा कन्याले चार वेदका छानिएका वैदिक मन्त्र पाठ गर्ने कार्यक्रम छ । 

महासम्मेलनको समापन कात्तिक ६ गते प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने आयोजक समितिले जनाएको छ । रासस 

प्रकाशित: ३० आश्विन २०७३ ०१:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App