८ वैशाख २०८१ शनिबार
समाज

खोटाङमा एसइईका १०८ विद्यार्थी अनुपस्थित

खोटाङ – खोटाङमा एसइईका १०८ विद्यार्थी परीक्षामा अनुपस्थित भएका छन्। आईतबार सुरु भएको परीक्षाको पहिलो दिन रेगुलरतर्फ ७६ जना र एक्जाम्टेडतर्फ ३२ विद्यार्थी अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय इकाई खोटाङका प्राविधिक सहायक तीर्थबहादुर विश्वकर्माले बताए।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङमा रेगुलरतर्फ ३ हजार ८०३ जना र एक्जाम्टेडतर्फ १३० विद्यार्थीले एसईई परीक्षाका लागि फर्म भरेका थिए। एसइई परीक्षामा जिल्लामा प्राविधिक शिक्षातर्फका ९३ विद्यार्थी पनि सामेल भएका छन्। रेगुलरतर्फका कुल बिद्यार्थीमध्ये पञ्च माबि दिक्तेलका कृषि प्राबिधिकतर्फका ४५ जना र सीमपानी माविका कम्प्यूटर प्राविधिकतर्फका ४८ जना विद्यार्थी एसइई परीक्षामा सामेल भएका हुन्।

एसइई दिँदै दृष्टिबिहीन छात्रा

खोटाङबाट दुई दृष्टिबिहीन छात्राले एसइई परीक्षामा सहभागिता जनाएका छन्। पञ्च माबि दिक्तेलबाट दृष्टिबिहीन छात्रा यामकुमारी बिक र कोपिला मगरले एसइई परिक्षा दिएकी हुन्। उनीहरुसँगै पञ्च माबिकै अपांग खगेन्द्र राईले पनि एसइई परीक्षा दिइरहेको शिक्षा विकास तथा समन्वय इकाईको कार्यालयले जनाएको छ। उनीहरु सहयोगीमार्फत परीक्षामा सामेल भएका हुन्।

एसइई परिक्षाका लागि खोटाङमा २३ वटा परीक्षा केन्द्रहरु तोकिएको छ। परीक्षा शान्त र मर्यादित वातावरणमा भइरहेको प्राविधिक सहायक विश्वकर्माले बताए।

प्रकाशित: १० चैत्र २०७५ ०६:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App