४ वैशाख २०८१ मंगलबार
राजनीति

बागी उम्मेदवार मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीन जना सल्लाहकार नियुक्त गरेका छन्। शनिबारको प्रदेश मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा सल्यानका भिमप्रकाश शर्मा, जनसम्पर्क सल्लाहकारमा कालिकोटका जनकनाथ योगी र प्रशासनिक सल्लाहकारमा सुर्खेतका रत्न गाहालाई नियुक्त गर्ने निर्णय गरेको थियो।

विवादितलाई मुख्यमन्त्रीले सल्लाहकार नियुक्त गरेको भन्दै सत्तारुढ नेकपा भित्रै विवाद सुरु भएको छ। मुख्यमन्त्रीको राजनीतिक सल्लाहकार नियुक्त भएका शर्मा २०७४ सालको प्रदेश सभा निर्वाचनमा तत्कालिन नेकपा एमालेका उम्मेदारविरुद्ध वागी उठेका थिए। एमाले नेता गुलावजंग शाहविरुद्ध बागी उम्मेदवारी दिएका शर्माले सात हजार ४१६ मत प्राप्त गरेका थिए। यस्तै प्रशासनिक सल्लाहकार नियुक्त गाहा स्थानीय निर्वाचनमा नेकपाबाट वीरेन्द्रनगर नगरपालिकाको मेयरका उम्मेदवार थिए। उनले पाँच हजार २२३ मतप्राप्त गरेका थिए।

प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयक–२०७५ प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गर्नुका साथै प्रादेशिक जडिबुटी तथा शीत भण्डार निर्माण कार्यलाई रास्ट्रिय प्राथमिकताको आयोजनामा समावेश गर्न र उक्त कार्यक्रम कार्यान्वयन गर्न भेरी गंगा नगरपालिका–१० स्थित जागृति सामुदायिक वन उपभोक्ता समूहको छ हेक्टर वन क्षेत्र भोगाधिकार प्रदानगर्न दिने स्वीकृतिका लागि संघीय सरकारसंग अनुरोध गर्ने निर्णय गरेको छ।

 

प्रकाशित: १० चैत्र २०७५ ०६:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App