coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

पाँचथर गोल्डकप चैत–२३ देखि, विजेतालाई ४ लाख

पाँचथर क्लबले फिदिममा आयोजना गरेको पत्रकार सम्मेलन।    तस्बिरः नागरिक

पाँचथर – तेस्रो पाँचथर गोल्डकप फुटबल प्रतियोगिता चैत–२३ देखि सुरु हुने भएको छ। आइतबार फिदिममा पत्रकार सम्मेलन गर्दै आयोजक पाँचथर क्लबले प्रतियोगिताको तयारी तीव्र बनाइएको जानकारी दिएको हो। फिदिम माविको खेलमैदानमा हुने उद्घाटन खेलमा डिएफसी मोरङ र मिसन युनाइटेड ताप्लेजुङबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा ‘ए’ डिभिजनका क्लब, १ नम्बर प्रदेश र भारतीय गरी दश टिमको सहभागिता रहने छ। प्रतियोगितामा आयोजक पाँचथर क्लबसहित हिमालयन शेर्पा क्लब, जावलाखेल युथ क्लब, दार्जेलिङ युनाइटेड भारत, विजय युथ क्लब हेटौडा, मिसन युनाइटेड ताप्लेजुङ, रेडहर्स इलाम, विर्तामोड युनाइटेड झापा, डिएफसी मोरङ र न्यू स्टार सुनसरीको सहभागिता रहने छ।

वैशाख–२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ४ लाख र उपविजेताले २ लाखसहित ट्रफी पाउँनेछन्।  त्यस्तै प्रत्येक विधाका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिनेछ। प्रतियोगिताको लागत ४३ लाख लाग्ने आयोजकले जानकारी दिएको छ। प्रतियोगिताको मुख्य प्रयोजकको रुपमा वाई वाई चाउचाउ रहेको छ भने फिदिम नगरपालिका लगायतले सहयोग गरेका छन्। 

 

प्रकाशित: १० चैत्र २०७५ ०६:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App