coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भ्रष्टाचार आरोपित मिसेलद्धारा बयान दिन अस्विकार

ब्राजिलकी पूर्वराष्ट्रपति मिसेल टेमर। तस्बिर : एजेन्सी


रियो द जेनेरियो – भ्रष्टाचारको आरोपमा पक्राउ परेको ब्राजिलकी पूर्वराष्ट्रपति मिसेल टेमरले बयान दिन अस्विकार गरेका छन्।  बयान लिनका लागि सोधिएका प्रश्नमा उनले मौन बसेर कुनैपनि जबाफ नदिएको स्थानीय अधिकारीहरुले बताएका छन्। आफूमाथी लागेको भ्रष्टाचारको आरोप अस्विकार गर्दै आएका मिसेललाई बिहीबार पक्राउ गरिएको थियो भने शुक्रबार उनीसँग बयान लिने प्रयास गरिएको थियो।  

प्रश्नहरुको उत्तर नदिने उनको निर्णयलाई ‘मौन बस्न पाउने अधिकार’को अभ्यासका रूपमा लिइएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ। मिसेलले पक्राउ परेपछिको रात रियो संघीय प्रहरी मुख्यालयको हिरासत कक्षमा बिताएको अधिकारीहरुले जनाएका छन्। उनलाई साओ पाउलोस्थित आफ्नै निवासमा रहेकै बेला बिहीबार पक्राउ गरिएको थियो।  
राजनीतिकर्मी र कर्मचारीतन्त्रका बीचमा तालमेल गरेर सन् २०१४ मा अनियमितता गरेको आरोपमा पूर्वराष्ट्रपति मिसेललाई पक्राउ गरिएको अधिकारीहरुलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ।

पूर्वराष्ट्रपति टेमर सन् २०१६ को अगस्टदेखि सन् २०१८ को डिसेम्बरसम्म ब्राजिलको राष्ट्रपति रहेका थिए। पदमा बहाल रहेकै बेला भ्रष्टाचारको आरोप लागेपछि मिसेल पदमुक्त भएका थिए। उनलाई भ्रष्टाचार अपराध, आपराधिक संगठन र सम्पत्ति शुद्धिकरणका विषयमा थप छानबिन गर्नका लागि पक्राउ गरिएको प्रहरी अधिकारीहरुले बताएका छन्। यस्तै आरोपमा ब्राजिलमा अन्य राजनीतिज्ञहरु पनि पक्राउ परेका छन्। यसैबीच पूर्वराष्ट्रपति टेमरका वकिल कार्लोस मरुनले सरकारी अभियोजनकर्तासँग उनीविरुद्धको कुनै पनि प्रमाण नरहेको र उनी चाँडै हिरासत मुक्त हुने बताएका छन्।

प्रकाशित: १० चैत्र २०७५ ०५:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App