७ वैशाख २०८१ शुक्रबार
राजनीति

सांसद यादवकाे डेरामा चाेरी

काठमाडौं- नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवको डेराबाट नगद, सुन र अन्य मालसामान चोरी भएको छ। काठमाडौं महानगरपालिका– ३५ शान्तिनगरमा डेरा गरी बस्दै आउनुभएका यादवको कोठाबाट शुक्रबार रु ८० हजार, डेढ–डेढ तोलाका दुई थान सुनका सिक्री तथा एक÷एक थान ल्यापटप र क्यामेरा चोरी भएको हो।

सांसद यादवका अनुसार कागेश्वर मन्दिर नजिक रहेको घरको मूलगेट फोडी कोठाको दराज फुटाएर भित्रका सरसामान चोरी भएको छ । उनी घरको पहिलो तलामा बस्दै आएका थिए। सांसद यादवको सपरिवार दसैं मनाउन जनकपुर गएका थिए । फर्कंदा कोठाहरु ह्वाङ्ग थिए। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस 

प्रकाशित: २९ आश्विन २०७३ १४:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App