coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सामूहिक बलात्कार आरोपमा चार पक्राउ

बनेपा – काभ्रे मण्डनदेउपुर नगरपालिका–७ की १४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा काभ्रे प्रहरीले चार जना युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मण्डनदेउपुर–६ का २४ वर्षीय पुष्कर राई र २१ वर्षीय प्रकाश दनुवार तथा सोही नगरपालिका–७ का २१ वर्षीय रामकुमार राई र इन्द्रावती गाउँपालिका–११ भीमटारका २२ वर्षीय चाउरे भनिने सुनिल दनुवार छन्।

‘मण्डनदेउपुर–६ स्थित इन्द्रावती नदी किनारमा बालुवा संकलन गर्दै आएकी बालिकालाई चालक प्रकाश राई दनुवारले चैत ३ गते साँझ ललाइफकाइ गरेर लगेको रहेछ। त्यसपछि उसले साथीहरूलाई समेत बोलाई सोही खोला किनारामा रहेको चाउरे भन्ने सुनिल दनुवारले चलाउँदै गरेको बा४ख ७५६९ नम्बरको टिपरभित्र लगि डरत्रासमा पारी पालैपालो जबजस्ती करणी गरेको भन्ने बालिकाको बयान छ,’ काभ्रे प्रहरी प्रवक्ता एवं डिएसपी दीपक गिरीले भने।

प्रहरीका अनुसार दनुवार र राई स्थानीय क्रसर उद्योगका टिपर चालक हुन् भने रामकुमार सहचालक हुन्। पीडितका परिवारले चैत ४ गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा किटानी जाहेरी दर्ता गरेलगत्तै प्रहरीले सुनिलबाहेकका आरोपित तीन जनालाई सोही दिन क्रसर उद्योगबाटै पक्राउ गरेको बताइएको छ। घटनालगत्तै फरार सुनिल भने शनिबार बिहान मात्रै पक्राउ परेका हुन्। पीडित बालिकाको स्वास्थ्य परीक्षण गरिएको र चैत ५ गते नै आरोपितहरूको म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको डिएसपी गिरीले जानकारी दिए।

प्रकाशित: १० चैत्र २०७५ ०२:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App