coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

इण्डियन प्रिमियर लिग : उद्घाटन खेलमा बैंगलोरमाथि चेन्नईको सानदार जित

काठमाडौं – १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उद्घाटन खेलमा चेन्नई सुपर किंग्सले विजयी सुरुवात गरेको छ। शनिबार राति सम्पन्न खेलमा चेन्नईले विराट कोहलीको रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले पराजित गर्दै सुखद सुरुवात गरेको हो।

चेन्नईको एमए चिदाम्बरम क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको बैंगलोर १७.२ ओभरमा मात्र ७० रनमा समेटियो। खराब सुरुवात गरेको बैंगलोरका लागि ओपनरद्वय ब्याट्सम्यान कप्तान विराट कोहली मात्र ६ रनमा पवेलियन फर्किए भने पार्थिभ पटेलले सर्वाधिक २९ रन बनाएका थिए।

बैंग्लोरका अन्य ब्याट्म्यानले दोहोरो रनको स्कोर छुन सकेनन्। बलिङतर्फ इम्रान ताहिर हरबजन सिंहले समान ३–३ विकेट लिए। जवाफी ब्याटिङमा उत्रिएको चेन्नईले ७१ रनको सामान्य लक्ष्य १७ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो।

महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नईका लागि अम्बाती रायडुले सर्वाधिक २८ रन जोड्दा सुरेश रैनाले १९ र केदार जादबले अविजित १३ रन जोडेका थिए। त्यस्तै रबिन्द्र जडेजा ६ रनमा अविजित रहे। खेलमा १९ रन जोडेसंगै सुरेश आईपीएलमा ५ हजार रन पुरा गर्ने पहिलो खेलाडी बनेका छन्।

बैंगलोरका युजभेन्द्र चाहल, मोहमद सिराज र मोइन अलीले एक–एक विकेट लिए। प्रतियोगिताअन्तर्गत आइतबारको पहिलो खेलमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावाद तथा दोस्रो खेलमा दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स आमनेसामने हुँदैछन्। 

प्रकाशित: १० चैत्र २०७५ ०४:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App