८ वैशाख २०८१ शनिबार
समाज

विप्लव समूहका नेता कार्यकर्ता भूमिगत

नेपालगन्ज - गाँउगाँउमा जागरण अभियान गर्दै आएका नेत्रविक्रम चन्द (विप्लव) नेकपाका नेता तथा कार्यकर्ता भूमिगत भएका छन्। सरकारले विप्लवका गतिविधिमा प्रतिबन्ध र हतियारसहित नेता तथा कार्यकर्ता भेटिए सिधै गोली हान्न सुरक्षाकर्मीलाई निर्देशन दिएपछि विप्लवका नेता तथा कार्यकर्ता भूमिगत भएका हुन्।

विप्लवको आधार क्षेत्र मानिने पहाडी जिल्ला कालीकोट, रुकुम, रोल्पासँगै तराईका जिल्लामा पनि उनीहरू भूमिगत भएका छन्। तर, विप्लवले आपूmहरू गाँउ जागरण अभियानमै भएको बताएको छ। ‘सरकारले प्रतिबन्ध गराएपछि सुरक्षाका लागि पनि सदरमुकाम छाड्नै प¥यो,’ नेकपाका रुकुम पश्चिम सेक्रेटरी चन्द्रबहादुर बुढाले भने, ‘हामी अर्धभूमिगत, भूमिगत भएका छैनौं, जनतासँगै छौं।’ अन्य बेला सदरमुकामलगायत सार्वजनिकस्थलमा देखिने विप्लवका नेता तथा कार्यकर्ता यतिबेला उक्त क्षेत्रमा देखिन छाडेका छन्।

कति दिनसम्म भूमिगत हुनुहुन्छ भन्ने प्रश्नमा बुढाले भने, ‘सरकारले लगाएको प्रतिबन्ध कमजोर मानसिकताको हो। यो प्रतिबन्ध आफैं फेल खान्छ। प्रतिबन्ध असफल भयो भने हामी पुनः पहिलेकै अवस्थामा आउँछौं,’ उनले भने। आफूहरू हत्याहिंसा, बलात्कारजस्ता जघन्य अपराधमा नलागेको भन्दै उनले आफूहरू जनताको घरघरमा क्रान्तिका कुरा गर्दै हिँडेको बताए। सरकारले जबरजस्त सुरक्षा निकाय प्रयोग गरेर द्वन्द्व निम्त्याउन खोजेको उनको आरोप छ।

सरकारले लगाएको प्रतिबन्ध कमजोर मानसिकताको हो। यो प्रतिबन्ध आफैं फेल खान्छ। प्रतिबन्ध असफल भयो भने हामी पुनः पहिलेकै अवस्थामा आउँछौं।

सरकारले विप्लवका गतिविधिमा प्रतिबन्ध र हतियारसहित नेता तथा कार्यकर्ता भेटिए सिधै गोली हान्न निर्देशन दिएपछि जनताहरू पनि निराश भएका छन्। शान्तिपूर्ण ढंगले राजनीतिक गतिविधि गर्न पाउने अधिकार विप्लवलाई हुँदाहुँदै सरकारले उक्त गतिविधिमाथि प्रतिबन्ध लगाउनु द्वन्द्वमा जबरजस्त ढकेल्नु भएको स्थानीयको भनाइ छ। विप्लवलाई प्रतिबन्धभन्दा राजनीतिक सहमतिमा अगाडि बढ्नु पर्ने रोल्पाका श्यामलाल बुढाले बताए। ‘जसले सरकार, विप्लव र जनताको जति हुन्छ,’ उनले भने।

पहिला देश द्वन्द्वमा जाँदा धेरै विकासका पूर्वाधार निर्माणमा पछि रहेको भन्दै रोल्पाका सर्वसाधारणले पहिलाको द्वन्द्वले व्यवस्था फेरे पनि अवस्था उस्तै भएको बताए। अब युद्ध गरेर पनि व्यवस्था फेरिनेबाहेक अरु नहुने भन्दै उनले सरकार र विप्लव समूहबीच वार्ता हुनु पर्ने बताए। सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएसँगै प्रहरीले विप्लवका नेतालाई गाउँगाउँ पुगेर निगरानी बढाउँदै गएको छ।

पार्टीका तेस्रो तहका नेता मानिने हेमन्तप्रकाश ओली (सुदर्शन) सहित ९ जना पक्राउ परेपछि नेता तथा कार्यकर्ता शसंकित भएका छन्। राज्यले गलत हर्कत (प्रतिबन्ध) देखाएपछि अहिले भूमिगत नभइ भूमिगतजस्तो मात्रै भएको विप्लव निकट युवा संगठन नेपालका कर्णाली ब्यूरो इन्चार्ज शितल विष्टले बताए। आफूहरू भूमिगत नभई जनताको घरदैलोमा क्रान्तिका कार्ययोजनाबारे छलफल गरिरहेको उनको भनाइ छ। राज्यले दमन गर्न खोजेको भन्दै उनले सरकारले लगाएको प्रतिबन्ध आफैं अफल हुने दाबी गरे। आफ्नो अनुकूलता अनुसार जिल्ला सदरमुकाम तथा बजारमा भइरहने उनले बताए। कालीकोटमा स्वास्थ्य शिविरका नाममा नेपाली सेना गाउँ पसेको उनको भनाइ छ। ‘नेपाली सेना (आर्मी) गाउँ पसेको छ,’ उनले भने, ‘शिविरका नाममा विप्लव नेता तथा कार्यकर्ताको घर र अवस्था सोधपुछ भएको छ।’ यो गलत भएको उनले बताए।

राज्यले दमन ग¥यो भने द्वन्द्व निश्चित हुने भन्दै उनले सरकारसँग तत्काल वार्ता नबस्ने बताए। ‘भ्रष्ट सरकारसँग कुनै वार्ता हुँदैन,’ उनले भने, ‘अरु कुनै संयन्त्र अपनाउनुपर्छ।’ यतिबेला नेकपाका नेता तथा कार्यकर्ता सदरमुकामबाट भूमिगत भएपछि गाउँ त्रसित भएको छ। सर्वसाधारण पहिलेकै अवस्था दोहोरिने चिन्तामा छन्। द्वन्द्वभन्दा वार्ताबाट समाधान खोज्नुपर्ने रुकुम पूर्वका बलहादुर शाहीले बताए। नेकपाका नेता तथा कार्यकर्ताले यसभन्दा पहिला चलाउँदै आएको सिमकार्डसमेत परिवर्तन गरेका छन्। प्रहरीले नेटवर्कमार्फत उनीहरूलाई पत्ता लगाउने भन्दै नयाँ सिमकार्ड प्रयोग भइरहेको विप्लवका एक नेताले बताए। आफूहरू माथिल्लो निर्देशनअनुसार सञ्चार माध्ययममा बोल्न नमिल्ने उनले बताए। विप्लवका गतिविधिलाई नियन्त्रण गरिरहेको भन्दै कर्णाली प्रदेश प्रहरी कार्यालयका डिआइजी महेशविक्रम शाहले एक कार्यक्रममा जनप्रतिनिधि र जनताले ढुक्क भएर काम गर्न भनेका थिए। कर्णाली प्रदेश प्रहरी सुरक्षाको अवस्था बुझ्न कर्णालीका सबै जिल्ला घुमिरहेको छ।

प्रकाशित: १० चैत्र २०७५ ०१:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App