coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

होलीमा रोकिएन अपराधिक घटना

बारा– सभ्य र मर्यादित होली पर्व मनाउन प्रशासनले आग्रह गरे पनि यस बर्ष बारामा अपराधिक घटनाहरु रोकिएको छैन्। होली खेल्ने बहानमा पुरानो रिसइबीहरु साध्दा एक दर्जन भन्दा बढी अपराधिक घटनाहरु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

होलीको दिन प्रसौनी गाउँपालिका ६ बेलहिया टोलमा दुई समूहबीच झडप हुँदा छुरा प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् भने दुई जना समान्य घाइते भएको बारा प्रहरीले जनाएको छ।

पुरानो रिसइबी साधनको लागि होलीको दिन बिहिबार राती दुई समूहबीच झडप हुँदा एक पक्षका श्याम सुन्दर साह, धर्मेन्द्र साह घाइते भएका छन् भने अर्को पक्षका नागेन्द्र साह सोनार घाइते भएका बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए।

झडपमा श्याम सुन्दर साहको पेटमा छुरा हानिएको अवस्था रहेको छ भने धर्मेन्द्र साहलाई सामान्य चोट लागेको र दुबै जनाको वीरगन्जको नेशनल मेडिकल कलेजमा उपचार भई रहेको उनले बताए। झडपमा घाइते भएका अर्को पक्षका नागेन्द्र साह सोनारको चितवनको भरतपुर शिक्षण उपचार भइरहेको प्रहरीले जनाएको छ।

श्याम सुन्दर साहको साथीको खेतमा लगाएको मकैको घोघालाई नागेन्द्र साह सोनारका नातीले डोरेको बिषयमा दुबै पक्षबीच होली भन्दा केही दिन पहिला समान्य झडप भएको थियो। 

होलीको केही दिन पहिला दुई पक्षबीच बेलहियामा सामान्य झडप भएपछि दुबै पक्षले एक अर्कोलाई कारवाही गर्नको लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए। दुबै पक्षबाट उजुरी परेपछि बारा प्रहरीले घटनाबारे बुझ्नको लागि दुबै पक्षलाई होलीपछि चैत १० गते आइतबारको लागि बोलाएको छ।

चैत ७ गते बिहिबार होलीको दिन जैतापुरमा पनि दुई पक्षबीच झडप भएको बारा प्रहरीले जनाएको छ। शिवनाथ पटेलको नाती सुबोध पटेल र राजकुमार मण्डलका घरका बच्चाहरु बीच शुरुमा सामान्य विवाद भएको उपरीक्षक भट्टराईले बताए। शुरुमा पटेल र मण्डल परिवारको बच्चाहरु बीच विवाद भएको र त्यसलाई दुई पक्षका ब्यक्तिहरुले समूह बनाएर झडप गर्न शुरु गरेको उनले बताए। झडपमा दुबै पक्षका केही ब्यक्तिहरु समान्य घाइते भएको उनले बताए।

दुई समूहबीच झडप शुरु भएपछि बारा प्रहरीले एका पक्षका राजकुमार मण्डल, रमेश मण्डल र अर्को पक्षको किशन बरै, ललन बरै गरी पाँच जनालाई नियन्त्रण लिँदा अप्रिय घटना घट्नबाट बचेको एसपी भट्टराईले बताए।

महागढीमाई नगरपालिका र देवताल गाउँपालिकामा पनि होलीको दिन दुई समूहबीच समान्य झडप भएको र प्रहरीको सक्रियताले ठूलो घटना हुनबाट बचेको भट्टराईले बताए।

उनका अनुसार होलीमा अपराधिक घटनाहरु घट्न नदिनको लागि सतर्कता अपनाए पनि गाउँ गाउँमा पहिलादेखि रहेका दुई समूहबीचको रिसइबी होलीमा नै साधन खोजिएकोले त्यसलाई रोक्नमा चुनौती बनेको छ। 

प्रकाशित: ९ चैत्र २०७५ १२:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App