६ वैशाख २०८१ बिहीबार
समाज

एकै पटक ६ घरमा चोरी

वीरगन्ज- वीरगन्जमा एककै रातमा एकै टोलका ६ वटा घरमा लहरैले चोरी भएको छ। श्रीपुर वाडा नम्बर ११ को नयाँ बस्तीमा शनिवार राति एकै साथ ६ घरमा चोरी भएपछि स्थानीय त्रसित छन्। वडा प्रहरी कार्यालय श्रीपुरभन्दा ५ सय मिटर मात्र रहेको टोलमा चोरी भएपछि स्थानीयले प्रहरीप्रति आक्रोश समेत जनाएका छन्।

श्रीपुर नयाँ टोलको सन्तोष तिवारी, कुलदीप पाण्डेय, नन्दु साह तेली, जगरनाथ यादव, राजेश कुशवाहा र असर्फी महतोको घरमा चोरी हुँदा गरगहनादेखी लता कपडासम्म गायब पारिएको छ। सबै घरहरुका ताल्चा फुटालेर चोरहरु प्रवेश गरेको पाइएको छ। चोरीको शिकार भएकामध्ये राजेश र असर्फी दाजुभाई हुन। ग्रामीण क्षेत्रमा साविक घर भएकाहरु होली मनाउन गएका र फर्केर आउन बाकी रहेको बेला छानीछानी यस्तो शृंखलाबद्ध चोरी भएको स्थानीय विद्यानन्द चौधरीले बताए। उनले ३ बर्षभित्र उक्त टोलको प्रायः सबै घरमा चोरी भए पनि प्रहरीले एउटा घट्नामा समेत चोरलाई समात्न नसकेको बताए।

उक्त श्रृखंलाबद्ध चोरीको घट्नामा प्रहरीले अनुसन्धान गरीरहेको र कसैलाई समात्न नसकिएको पर्साका प्रहरी उपरीक्षक रेवति ढकालले बताए। गत ३ महिनाभित्र ११ र १३ नम्बर वडामा मात्र सय बढी चोरीका घट्ना भएकोमा प्रहरीले कुनै पनि चोर पता लगाउन नसकेपछि स्थानीयमा प्रहरी प्रति आक्रोश बढ्दो छ। ‘एउटा पनि घट्नामा प्रहरीले अलि चासो लिएर कसैलाई समात्ने वा सोधपुछ गरेर यकिन तथ्य बाहिर ल्याउने काम गर्न सकेको छैन,’ शुक्रवार राति श्रृंखलाबद्ध चोरी भएको टोलका बासिन्दा रहेका शिव पटेलले भने, ‘समाजमा भइरहेका अपराध रोक्न प्रहरी चाहिएजति सक्रिय छैन्, अनुसन्धान फितलो छ, गस्ती छैन। ’ अपराधी प्रबृतिका मान्छेहरुको मनबाट पछिल्लो समयमा प्रहरीको भय बिलकुलै हराएको उनको भनाई छ।

प्रकाशित: ९ चैत्र २०७५ ११:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App