७ वैशाख २०८१ शुक्रबार
समाज

ट्रकको ठक्करबाट एकको मृत्यु, एक गम्भिर

तनहुँ- व्यास नगरपालिका–१२ घाँसीकुवामा शनिवार भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको छ। डुम्रेबाट दमौलीतर्फ आउदै गरेको ना ८ ख ३५२७ नंम्वर को ट्रकले बिग्रीएर बनाउन लागेको  ना १ ख ६१६२ नं को ट्रकलाई ठक्कर दिदाँ  बनाउन लागेको ट्रकका चालक  चितवन टाडी बस्ने २५ बर्षिय सन्तोष राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

त्यस्तै सोही ट्रकका सहचालक गम्भिर घाईते १७ बर्षिय किरण राईको मेट्रोसिटी अस्पतला पोखरामा उपचारका भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक श्याम अर्यालले बताए। ट्रकले बिग्रिएर बनाउन लागेको ट्रक सहित बा १८ च ७७८७ नंम्वरको हाईलक्स र ग १६ प ११७५ नं को स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

 

प्रकाशित: ९ चैत्र २०७५ ०७:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App