८ वैशाख २०८१ शनिबार
राजनीति

प्रधानमन्त्रीले सत्ता केन्द्रिकरण गर्न खोजे : रामचन्द्र पौडेल

सिन्धुली- नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले सत्ता केन्द्रिकरण गर्न खोजेको आरोप लगाएका छन्। नेपाल प्रेश युनियन सिन्धुली शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले प्रधानमन्त्रीले सत्ता केन्द्रिकरणको प्रयास गरेकाले लोकतन्त्रमाथि चुनौती थपिएको जनाए। सेनाको अधिकार, सुरक्षा निकायको अधिकार, ठूला योजनामा हस्तक्षेप न्यायीक अधिकार जस्तो क्षेत्रमा सरकारले हस्तक्षेप गरेको जस्तो देखिन्छ, यो सत्ता केन्द्रिकरण गर्न खोजेको आशय हो’, उनले भने। हरेक मान्छेसँग शक्ति सोच भएकाले सबैको शक्ति सोच राष्ट्रलाई आवश्यकता पर्ने भन्दै केन्द्रिकरण गर्न खोज्नु लोकतन्त्रको चुनौत बनेको उनको भनाई थियो।

पछिल्लो समय राजनीतिमा पैसा हावी भएको भन्दै जनताको स्वतन्त्र विचारलाई पैसामा बदल्न थालिएको आरोप लगाए। ‘ठूला योजनामा घोटाला गरि भ्रष्टचार गर्ने र जनमतलाई प्रभाव पार्दा लोकतन्त्रलाई कमजोर पार्ने काम भयो’, उनले भने, ‘जनताको स्वतन्त्र विचारको आधारमा समाज सञ्चालन गर्ने बाटो विपरित जान खोज्दा क्षति पुग्न सक्छ।‘ नेता पौडेलले जनमतसग्रहको कुनै आवश्यकता नरहेको भन्दै अहिले पार्टी जनमत संग्रहको पक्षमा नरहेको प्रष्ट्याए।

 उनले महामन्त्रीले आफ्नो व्यक्तिगत विचार व्यक्त गरेको र पार्टीको धारणा जनमत संग्रह नरहेको बताए। ‘कहिले जनमत संग्रह कहिले के भनेर देशलाई अस्थिरतातिर लैजान मिल्दैन’, उनले भने, सिके राउतले अहिलेपनि जनमत संग्रह भन्दै हिडेकाले त्यो आपत्तिजनक भएको बताए। ‘सिके राउतलाई बढी महत्व दिइयो’, उनले भने ‘उनिसँग सरकारले गरेको सम्झौता हेर्दा दुई थरी अर्थ लाग्ने देखिन्छ।‘

उनले विप्लब नेतृत्वको नेकपालाई प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष प्रचण्डलेनै निराकरण गर्नुपर्ने बताए। ‘सर्पको खुट्टा सर्पलेनै देख्छ’, उनले भने, ‘कम्युनिष्टहरुलेनै विप्लबको पाइला पाइला थाहा पाएकाले समयमानै निराकरण गर्दा राम्रो हुन्छ।‘

प्रकाशित: ९ चैत्र २०७५ ०६:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App