८ वैशाख २०८१ शनिबार
अन्य

एउटा उपाय

मालती सिंह  
बिदाको दिन थियो। शोभा र निर्मल बैठक कोठामा खेलिरहेका थिए। त्यहीबेला भान्सा–कोठाबाट आमाको आवाज आयो– ‘ओहो, सत्यानाश ग¥यो यो पड्केले पनि...!’ खेल्दाखेल्दै दुवै जनाले भान्सा–कोठातर्फ हेरे। देखे, छिमेकीले पालेका एउटा बिरालो कुद्दै बाहिर आउँदै थियो। र, हातमा कुचो लिएर आमा त्यसको पछिपछि आउँदै हुनुहुन्थ्यो।
थाहा भइहाल्यो, बिरालोले आज पनि भान्सामा केही न केही नोक्सान प-याएछ।

‘के भयो आमा ?’ दुवैले एकसाथ सोधे। ‘भाँडाको पूराका पूरै दही साफ गरेछ,’ आमा रीसले आगो हुनुभएको थियो, ‘अब फेरि पसोस् त, पड्केको चारवटै खुट्टा नभाँचिदिए त...!’ यतिञ्जेल बिरालो भने भागेर कहाँ पुगिसकेको थियो। आमाले भान्सातर्पैm फर्कंदै भन्नुभयो– ‘तिमीहरूलाई केही मतलबै छैन, खेल्नमै मस्त रहिरहन्छौ।’

निर्मल र शोभा चिन्तित भए। आज खाजामा आलु–रोटीसँग दही खाने कस्तो इच्छा थियो। बर्बादै भैहाल्यो नि ! वास्तवमा, बिरालोले भान्सामा पसेर यसरी खाएको पहिलोचोटि थिएन। कहीँ न कहीँबाट बारम्बार भान्सामा पस्थ्यो र केही न केही खानेकुरा खाइदिन्थ्यो। बिरालोको बदमासीलाई लिएर छिमेकीकोमा गुनासो गर्न पनि जान सक्नुहुन्नथ्यो आमा। किनकि छिमेकी एक नम्बरको झगडालु थिई। त्यसैले ऊसँग बोल्नुभन्दा नबोल्नु नै जाती थियो।

केहीक्षणपछि आमाले खाजा राख्नुभएको दुईवटा प्लेट लिएर आउनुभयो र शोभा–निर्मलका सामु राखिदिँदै भन्नुभयो– ‘लौ, यही रोटी–तरकारी मात्रै खाओ !’

केहीक्षणपछि आमाले खाजा राख्नुभएको दुईवटा प्लेट लिएर आउनुभयो र शोभा–निर्मलका सामु राखिदिँदै भन्नुभयो– ‘लौ, यही रोटी–तरकारी मात्रै खाओ !’ केही नबोली दुवै जना चुपचाप रोटी–तरकारी खान लागे। खाँदाखाँदै शोभाले भनिन्– ‘भाइ, यो बिरालोलाई खेद्ने हामी कुनै उपाय निकालौँ न !’

‘अँ, एउटा उपाय छ।’ निर्मलले आँखा नचाउँदै भन्यो– ‘त्यो बिरालोको घाँटीमा एउटा घण्टी झुन्ड्याइदिऊँ। अनि त त्यो घरमा पस्नासाथ हामीले थाहा पाइहाल्छौँ नि !’ ‘तर त्यसको घाँटीमा घण्टी झुण्ड्याउने कसरी नि ?’ शोभाले समस्या निकालिन्। तर तत्कालै निर्मलले समाधान गर्ने उक्ति बतायो– ‘त्यति जाबो पनि..., अब फेरि त्यो बिरालो भान्सामा पसेको थाहा पाउनासाथ भान्साकोठाको ढोकाबाहिर एउटा ठूलो बोराको मुख खोलेर राखिदिऊँ। जब त्यो भान्साबाट बाहिर निस्कन्छ अनि त बोराभित्र परिहाल्छ। त्यसपछि कसैलाई थाहै नदिई कुनै गाडीभित्र राखिदिऊँला। भएन त ? अनि सरर... बिरालोलाई गाडीले कहाँ पु¥याइदिन्छ कहाँ ?’

निर्णयको कुराले शोभा गम्भीर बनिन्। चिन्तित मुद्रामा उनले भनिन्– ‘तर... त्यो त बडो अन्याय हुन्छ बिचरालाई। त्यस्तो अनजान जनावरलाई उसको सानो चोरीको लागि त्यति ठूलो सजाय दिनु ठीक होला र ?’ अचानक, त्यसैबेला दुवै जनाको दृष्टि ढोकामा प-यो। ढोकाको सङ्घारमै बुबा मुस्कुराएर उभिनुभएको थियो। बुबाको हातमा कुकुरको एउटा सानो बच्चा थियो। दुवै जना जुरुक्कै उठेर ढोकातर्पm लम्किए।

केही नबोली दुवै जना चुपचाप रोटी–तरकारी खान लागे।

‘आहा, कति राम्रो कुकुरको बच्चा !’ दुवैले त्यसको शरीर सुमसुम्याए। फेरि एकैछिनमा निर्मल बोल्यो– ‘हामीलाई ल्याइदिनु भएको हो बुबा ?’ ‘अँ, हो त !’ बुबाले मुस्कुराउँदै भन्नुभयो– ‘अब तिमीहरूको समस्या पनि समाधान हुने भयो।’ ‘कसरी ?’ दुवैले प्रश्नसूचक दृष्टि लिएर बुबाको अनुहार ताके। ‘अब तिमीहरूको दूध चोरेर खाने बिरालो हाम्रो घरमा पस्न सक्दैन।’

त्यति नै खेर आमा पनि त्यहीँ आइपुग्नु भयो। उहाँले भन्नुभयो– ‘तिमीहरूलाई थाहा छ ? कुकुर र बिरालो कहिले पनि एक ठाउँमा बस्दैनन्। किनकि तिनीहरू एक–आपसमा मिल्दैनन्, भेट भयो कि झगडा गरिहाल्छन्।’ ‘ए..., त्यसैले पो झगडा गर्ने केटाकेटीहरूलाई कस्तो कुकुर–बिरालोजस्तो भनेर भनेका रहेछन्।’ निर्मलको कुरा सुनेर सबै जना मज्जैले हाँसे– हा... हा...हा...। (मलयालम भाषाको बालकथा ‘एक ही उपाय’को विमल भौकाजीले गरेको भावानुवाद।)  

प्रकाशित: ९ चैत्र २०७५ ०५:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App