७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

छारेरोगबाट यसरी बचौं

छारेरोग भूतप्रेतका कारणले लाग्छ भन्ने नेपाली समाजमा भ्रम छ। तर, चिकित्सा विज्ञानले भने मानिसको मस्तिष्कमा आउने गडबडीले रोग लाग्ने गरेको बताउँछन्। चिकित्सकका अनुसार  मस्तिष्कका न्युरो ट्रान्समिटर असन्तुलित भएमा यो रोग देखिन्छ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका ६ करोड मानिसलाई यो रोग लागेको छ। नेपालमा भने करिब एक प्रतिशतलाई यो रोग लागेको विश्व स्वास्थ्य संगठनको अनुमान छ। नेपालमा छारेरोग ‘मृगी’, ‘चडिफउ’, ‘फफडके’, ‘रिङ्ने’लगायत नामले चिनिन्छ। यसका निश्चित कारण नभएपछि निम्न कारणले छारे रोग लाग्ने चिकित्सक बताउँछन्।

चिकित्सकका अनुसार फित्ते जुका, मस्तिष्कमा हुने ट्युमर, इन्सेफलाइटिस, मेनिन्जाइटिस, सेरेब्रल मलेरिया आदिका कारण छारेरोग लाग्छ। केही मानिसमा नुनको कमीले पनि रोग लाग्न सक्ने चिकित्सक बताउँछन्। त्यस्तै बंशाणुगतका कारणले पनि यो रोग लाग्न सक्छ।
लक्षण
मुख बाँगिने
आँखा फर्किने
हात काम्ने
हातखुट्टा छटपटाउने र मुखबाट-याल काढेर बेहोस हुने।

कसरी बच्ने ?
बिरामीलाई सजिलो ठाउँमा कोल्टे पारी सुताउने।
टाउको तल कपडा वा तकिया हाल्ने।
मुखमा जम्मा भएको -याल, थुक, फिजलाई सफा रुमालले पुछ्ने।
कम्पन रोक्ने प्रयास नगर्ने।
मुखमा पानी तथा खानेकुरा नराख्ने।
काम्न छाडेपछि कोल्टे पारेर सुताउने।
जुता र मोजा नसुघाउने।
जतिसक्दो चाडो नजिकैको अस्पताल तथा स्वास्थ्य संस्थामा पु¥याउने।

प्रकाशित: ९ चैत्र २०७५ ०४:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App