अख्तियारमा पोलिग्राफ बयान

शनिबार, ०९ चैत २०७५, ०९ : १५ मातृका दाहाल  | @Dahalmatrika

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका आरोपीसँग ‘पोलिग्राफ मेसिन’बाट बयान लिन सुरु गरेको छ। सेवाग्राहीबाट घुस असुलेको अभियोगमा सप्रमाण पक्राउ परेका तथा प्रारम्भिक छानबिनपछि अनुसन्धानमा रहेका आरोपितसँग पोलिग्राफ मेसिनको सहयोगमा बयान लिन थालिएको अख्तियारले जनाएको हो।

तत्कालका लागि नेपाल प्रहरीको पोलिग्राफ मेसिन प्रयोग गर्दै आएको र आगामी आर्थिक वर्षमा आफैं खरिद गर्ने योजना रहेको अख्तियारले जनाएको छ। नेपाल प्रहरीले सात वर्षअघि नै पोलिग्राफ मेसिन भित्र्याएको थियो। विभिन्न कसुरका आरोपितसँग प्रहरीले पोलिग्राफ मेसिनकै सहयोगमा बयान लिँदै आएको छ।

फरेन्सिक र इन्जिनियरिङ ल्याब पनि सुरु

अख्तियारका प्रवक्ता सहसचिव प्रदीपकुमार कोइरालाले अनुसन्धानमा बयान फेर्ने तथा तथ्य र प्रमाणभन्दा फरक बयान दिनेमाथि पोलिग्राफ मेसिनबाट बयान लिइने गरेको स्पष्ट पारे। प्रवक्ता कोइरालाले कतिपय अवस्थामा आरोपितलाई सप्रमाण समाउँदा पनि कसुर अस्वीकार गर्ने तथा अख्तियार र अदालतमा फरक–फरक बयान दिने प्रवृत्तिका कारण वैज्ञानिक अनुसन्धानअन्तर्गत पोलिग्राफको सहयोग लिनुपरेको स्पष्ट पारे।

तीन वर्षअघि नै पोलिग्राफ मेसिन भित्र्याउने योजना भए पनि सर्वोच्च अदालतबाट तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्की ‘अयोग्य’ घोषित भएपछि अख्तियार उक्त उपकरण किन्ने योजनाबाट पछि हटेको थियो। तर प्रमुख आयुक्तमा नवीनकुमार घिमिरे नियुक्त भएपछि अनुसन्धानलाई प्रभावकारी र सशक्त बनाउने भन्दै अख्तियार पुनः पोलिग्राफ मेसिन आफैं खरिद गर्ने निष्कर्षमा पुगेको हो।

‘सेवाग्राहीबाट घुस असुलेको अभियोगमा स्टिङ अपरेसन टोलीले पक्राउ गरेका तथा विस्तृत अनुसन्धानको दायरामा रहेकामाथि छानबिन गर्दा पोलिग्राफ उपकरणको सहयोग लिँदै आएका छौं,’ प्रवक्ता कोइरालाले भने, ‘अभियोगमाथि तथ्य र प्रमाण जुटाउन पोलिग्राफ सहयोगी बनेको छ।’

अख्तियारमै तैनाथ प्रहरी महाशाखाअन्तर्गत रहेको अनुसन्धान टोलीले भ्रष्टाचारका आरोपीसँग पोलिग्राफ बयान लिँदै आएको छ। अख्तियारले भ्रष्टाचार अनुसन्धानकै लागि इन्जिनियरिङ र फरेन्सिक ल्याब खरिद गरिसकेको छ। किर्ते÷जालसाझी तथा नक्कली प्रमाणपत्रका उजुरी बढेपछि अख्तियारले दुवै ल्याबलाई गतवर्ष मात्रै भित्रेयाएको थियो। आयोगको केन्द्रीय कार्यालय टंगाल परिसरमा यी दुवै ल्याब सञ्चालनमा छन्।





यसमा तपाईको मत

अन्य समाचार

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

अजोडको सभा सम्पन्न

अजोडको सभा सम्पन्न

निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । ...

एनसिसी बैंकको सहयोग

एनसिसी बैंकको सहयोग

एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

Ncell Footer Ad