८ वैशाख २०८१ शनिबार
भिडियो

काठमाडौका सडकको दुरअबस्था प्रति सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं, राजधानी काठमाडौका सडकको अबस्थामा सुधार नभएको भन्दै सांसदहरुले सरकारको ध्यानकर्षण गराएका छन् । राष्ट्रिय सभाको शुक्रवारको बैठकमा वोल्दै सांसदहरुले काठमाडौका सडकको दुर–अबस्था ह“ुदा पनि त्यसको मर्मत तथा सम्हार नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । सडकको अबस्था सुधार नहुदासर्वसाधाणको जनजीवन समेत प्रभावित भएको उनीहरुको भनाई थियो । 

राजधानीका सडकको वढ्दो दुरअबस्थाका कारण पानी परेको वेला हिलो र घाम लागेको वेला धुलोको सामना गर्नु पर्ने अबस्था छ । त्यतिमात्र नभई सडकका विच भागमा भएका खाल्टा खुल्टीका ट्राफिक ब्यवस्थापनमा समेत समस्या आउने गरेको छ । अर्को सांसदहरुले तर्फ सडकमा छाडिएका चौपायाको नियन्त्रण गर्न समेत सरकार संग माग गरेका छन् । 

सांसदहरुले राजधानी काठमाडौ लगाएत देशभरको सडकको अबस्था सुधार गर्न सदनमा पटक पटक सरकारको ध्यानाकर्षण गराउदै आएका छन् । तर पनि सरकारले सडकको दुरअबस्था सुधारका लागि खासै पहल गरेको देखिदैन । अर्को तर्फ कुनै राष्ट्रिय वा अन्र्तराष्ट्रिय सम्मेलन तथा समारोह हुदा सडकको अबस्थामा सुधार गर्ने तर अरु वेला सडकको दुरअबस्था सुधारमा खासै चासो नदिने सरकारी प्रवृती जस्तै  देखिन्छ । 

प्रकाशित: ८ चैत्र २०७५ १३:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App