८ वैशाख २०८१ शनिबार
समाज

रोजगार विभागका नासुको पैसा लुकाउने ठाउँ, जोरपाटीको फलफूल पसल

काठमाडौं – वैदेशिक रोजगार विभागका नायव सुब्बा रामकुमार फुयाँल ६० हजार घुससहित पक्राउ परेका छन्। उनले घुस लिएको पैसा जोरपाटी चोकमा रहेको फलफूल पसलमा लुकाएर राखेको अख्तियारले फेला पारेको थियो। 

ध्रुव खड्काले सञ्चालन गरेको पसलमा राखिएको उक्त पैसा केही समयपछि नासु फुयाँलले लिएका थिए। उनले वैदेशिक रोजगारको लेनदेनका कागजमा साक्षी बसेका सेवाग्राहीलाई धम्क्याएर घुस लिएका थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नासु फुयाँल र पसल सञ्चालकलाई पैसासहित पक्राउ गरेको छ। उनीहरुलाई जोरपाटी चोकमा रहेको सापकोटा मिठाई भण्डारबाट पक्राउ गरिएको हो। 

 

प्रकाशित: ८ चैत्र २०७५ १२:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App