अधिकृतको वार्षिक कमाइ ५१ लाख !

शुक्रबार, ०८ चैत २०७५, १७ : ५४ नागरिक

3349


काठमाडौं–सरकारी सेवामा कार्यरत शाखा अधिकृत(छैटौं तह)को मासिक तलबस्केल करिब ३१ हजार पाँच सय छ। तर भैरहवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत(छैटौं तह) मानप्रसाद विकले भने वार्षिक ५१ लाखभन्दा बढी कमाउँछन्। 

२२ असोज २०६६ मा लोक नेपाल सरकारको राजपत्रांकित तृतीय श्रेणीको पदमा नियुक्त भएका विकले अहिलेसम्म तीन करोड १० लाख ३४ हजार रुपैयाँ आम्दानी गरेको अख्तियारले जनाएको छ। अख्तियारले उनले गरेको खर्च तथा लगानीका आधारमा सम्पत्ति गणना गरेको हो।

यस अवधिमा विकले जग्गा बिक्री तथा व्यापारबाट एक करोड २७ लाख रुपैयाँ वैध आम्दानी गरेको खुलाएका अख्तियारले जनाएको छ। विकले आफ्नो तथा श्रीमती आइतमाली विकका नाममा समेत जग्गा खरिद गरेको अख्तियारले जनाएको छ। विभिन्न बैंक तथा वित्तीय संस्थामा दम्पतीको नाममा रकम मौज्दात रहेको पनि अख्तियारले फेला पारेको थियो। 

अख्तियारले शुक्रबार विक दम्पतीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। उनको सबै अवैध आर्जन जफत गर्न माग समेत अख्तियारले गरेको छ।

 







यसमा तपाईको मत


अन्य समाचार

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

यस अपडेटमा माइक्रोसफ्टले थुप्रै नयाँ र आकर्षक फिचरहरु थपेको छ ...

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरको डार्क मोडलाई सेटिंगबाटै सोझै सुचारु गर्न मिल्ने ...

PUBG ( पब्जी ) खेलको विकल्पहरू

PUBG ( पब्जी ) खेलको विकल्पहरू

एन्ड्रोइड र आइफोनमा उपलब्ध पब्जी खेलका विकल्पहरू ...

सामसंग जे सिरिजको अन्त्य

सामसंग जे सिरिजको अन्त्य

उक्त जे सिरिजको स्थानमा सामसँगका मिडरेज स्मार्टफोनहरू ए सिरिज भएर रिलिज हुनेछन् । ...

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

माइक्रोसफ्टको मोबाइल अपरेटिंग सिस्टम विन्डोज फोनका लागि विश्व कै सबैभन्दा प्रचलित सामाजिक संजालहरू नचल्ने भएको छ । ...

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गर्दा ख्याल गर्नु पर्ने कुराहरू ...

यो हो अहिलेको सबैभन्दा राम्रो क्यामरा भएको स्मार्टफोन

यो हो अहिलेको सबैभन्दा राम्रो क्यामरा भएको स्मार्टफोन

DxOMark अनुसार अहिलेको सबैभन्दा अब्बल क्यामरा स्मार्टफोन ! ...

फेसबुकबाट तपाईंको सम्पूर्ण जानकारी कसरी डाउनलोड गर्ने ?

फेसबुकबाट तपाईंको सम्पूर्ण जानकारी कसरी डाउनलोड गर्ने ?

तपाईंको फेसबुकसँग भएको सम्पूर्ण जानकारी पूर्ण डाउनलोड गर्नका लागि यस्तो गर्नुहोस् : ...

Ncell Footer Ad