हाइप्रोफाइलको ठगी धन्दा–३

चिन्तन : जो पैसाका लागि मरिहत्ते गर्थे

शुक्रबार, ०८ चैत २०७५, १२ : १८ श्रीधर खनाल

काठमाडौं– तीन करोड ३५ लाख ठगी आरोपमा प्रहरी हिरासतमा रहेका गोपाल शिवाकोटी चिन्तनलाई अदालतले पुपुर्पक्षका लागि थुनामा पठाएको छ। 

जीवनको महत्वपूर्ण समय मुद्दाकै पैरवीमा बिताएका चिन्तनको यो देखिने पाटो थियो। यससँग लुकेको रहस्य भने अर्कै थियो – उनी आफूसँग जोडिएकाहरूसँग लामो समय राम्रो सम्बन्ध राख्न सक्दैनथे। अधिकांश सम्बन्ध विवादमा टुंगिन्थे। प्रायः विवादको विषय आर्थिक लेनदेन नै हुन्थ्यो। त्यही आर्थिक लेनदेनले नै उनलाई थुनामा पु-यायो। 

२९ फागुनमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश सूर्यनाथप्रसाद अधिकारकिो इजलासले चिन्तनलाई थुनामा राख्ने आदेश दिएको हो। २६ फागुनमा महान्यायाधिवक्ताको कार्यालय काठमाडौंले उनीसहित चार जनाविरुद्ध तीन करोड ३५ लाख रुपैयाँ ठगीको अभियोग दर्ता गरेको थियो। २७ फागुनमा चिन्तनले बिरामी भएको बताएर बयान दिन आनाकानी गरेका थिए। अदालतमा दिएको बयानमा उनले नौ महिनादेखि म्यासिभ डिप्रेसन तथा साइक्याट्रिकको औषधि खाइरहेको बताएका थिए।

जीवनमा धेरैलाई आफ्नो पक्षमा पार्न अन्तर्राष्ट्रिय कानुनको ज्ञाताका रुपमा उनले आफ्नो परिचय दिएका थिए। त्यही शैलीमा उनी अदालतमा पेस भए। तीन दशकभन्दा बढी काम लागेको चिन्तनको यो फन्डा अहिले भने भुत्ते भयो। आफ्नै भतिजा गोपाल शिवाकोटीसँगको लफडामा हारेका उनलाई अदालती मुद्दा पनि अशुभै रह्यो। 

‘औषधि सेवन नगरेको अवस्थामा मानसिक असन्तुलन महसुस गर्छु’, बयानका क्रममा उनले भनेका थिए, ‘औषधि सेवन गर्दै सामान्य रूपमा सोधिएका प्रश्नको जवाफ दिन सक्छु।’ बयानका क्रममा चिन्तनले अभियोगपत्र खारेजीको समेत माग गरेका थिए। साधारण तारेख वा धरौटीमा रिहाइको प्रयासमा थिए उनी। तर त्यसो हुन भने सकेन। अदालतले उनलाई केन्द्रीय कारागार पठाउने आदेश दियो। बिरामी भएका कारण चिकित्सकीय सल्लाहको सुविधा दिनसमेत अदालतले आदेश दियो।

जीवनमा धेरैलाई आफ्नो पक्षमा पार्न अन्तर्राष्ट्रिय कानुनको ज्ञाताका रुपमा उनले आफ्नो परिचय दिएका थिए। त्यही शैलीमा उनी अदालतमा पेस भए। तीन दशकभन्दा बढी काम लागेको चिन्तनको यो फन्डा अहिले भने भुत्ते भयो। आफ्नै भतिजा गोपाल शिवाकोटीसँगको लफडामा हारेका उनलाई अदालती मुद्दा पनि अशुभै रह्यो। 

कलेज पनि गैरसरकारी संस्था

अरुण तेस्रोबाट विश्व बैंकले हात झिकेपछि उनले आफ्नै भतिजा गोपाल शिवाकोटीसँग लफडा गरे। चिन्तन अमेरिका भएको अवस्थामा गोपालले उनको अभियानमा साथ दिएका थिए। नेपाल सैनिक स्कुलका शिक्षक गोपालले इन्हुरेड इन्टरनेसनलमा जोडिएर अरुण तेस्रोको विरोधमा अभियान नै चलाएका थिए। उक्त क्रममा आएको आर्थिक सहयोगका विषयमा देखिएको विवाद अदालत पुग्यो। अदालतले गोपाललाई इन्हुरेड जिम्मा लगायो।

अमेरिका जानुअघि नै नेपालमा गैरसरकारी संस्थाको खेतीमा माहिर चिन्तनलाई यो अभियानमा छिराउने काम गरेका थिए, भीरकोटे राजाका छोरा ऋषिकेश शाहले। गैरसरकारी संस्थाको माध्यमबाट नेपाली जनतामा विकास हुँदै आएको विद्रोही चेतलाई मार्ने काममा शाहका अभियान केन्द्रित थिए।

शाहबाट दीक्षित चिन्तनले त गैरसरकारी संस्थाको खेती नै थाले। यसको सुरुवात २०३९ सालमा तत्कालीन माले समूहको विद्यार्थी संगठनबाट उनलाई निकालिएपछि हो। परिवारका सदस्यहरुको सहयोगमा ०४३ सालमा ‘मानवअधिकार सूचना तथा सामग्री केन्द्र’ (हुरिड्स) खोले। हुरिड्सपछि अर्को पारिवारिक संस्था इन्हुरेड खोलेका थिए उनले। इन्हुरेड इन्टरनेसनलपछि चिन्तनले ‘चाइल्ड राइट वाच’ नामक बालबालिकासम्बन्धी काम गर्ने संस्था खोले। 

‘अरुण सरोकार समूह’बाट विश्व बैंकविरुद्ध चिन्तनले अभियान चलाए। कृषि इन्जिनियर हुतराम वैद्यलाई अध्यक्ष बनाएर ‘राष्ट्रिय सरोकार समाज’ चलाए। ०४७ सालमा ‘वुमन्स इन्टरनेसनल लिग फर पिस एन्ड फ्रिडम’लाई नेपाल भिœयाए। यो अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो। इन्हुरेडको जिम्मा कानुनी रुपमा आफ्नो हातमा नआएपछि चिन्तनले ‘मानवअधिकार तथा मानवीय कानुन’ नामको अर्को संस्था खडा गरे। 

अमेरिका जानुअघि नै नेपालमा गैरसरकारी संस्थाको खेतीमा माहिर चिन्तनलाई यो अभियानमा छिराउने काम गरेका थिए, भीरकोटे राजाका छोरा ऋषिकेशले।

त्यही समयमा ‘जल तथा ऊर्जा उपभोक्ता महासंघ’ बनाए। त्यतिले नपुगेर चिन्तनले ‘नेपाल परिवर्तन कोष’, ‘नेपाल पोलिसी इन्स्टिच्युट’जस्ता गैरसरकारी संस्था पनि दर्ता गरे। यसबीचमा उनी पदमरत्न तुलाधर, मल्ल के सुन्दरहरुको ‘जातीय भेदभावविरुद्ध राष्ट्रिय मञ्च’ नामक संस्थामा समेत सक्रिय रहे। साथै चिन्तनले नेपाल ल क्याम्पसमा त्रिभुवन विश्वविद्यालय मानवअधिकार केन्द्रका नाममा विभिन्न दातृनिकायको पैसा लिएर प्रोजेक्टसमेत चलाए। त्रिभुवन विश्वविद्यालय वातावरणीय कानुन केन्द्र पनि चिन्तन सम्मिलित अर्को संस्था थियो। 

चिन्तनले ३२ असार २०६४ मा गैरसरकारी संघसंस्था, निजी क्याम्पस र अभियानहरुबाट अलग भएको घोषणा गरेका थिए। इमेल लेखेर साथीहरुलाई आपूm त्यसरी अलग्गिएको बताएपछि उनले सिन्धुपाल्चोकमा ‘हेलम्बु सामुदायिक विकास मञ्च’ (हेक्डो) दर्ता गरे। ०६८ सालमा अर्गानिक फर्म खोल्ने, ट्राउट माछा पाल्ने भनेर ‘जीवनशैली नामक कम्पनी’ चलाउने प्रयास गरे। 

गैरसरकारी संस्था चलाउने विषयमा चिन्तन यति माहिर उनले हरेक विषयलाई कसरी गैससको ट्याग लगाउन सकिन्छ भन्ने कोणबाट हेर्दथे। पछिल्लो पटक कलेज चलाउन पैसा उठाएर हाइप्रोफाइल व्यक्तिलाई ठगेको अभियोगमा जेल परेका उनले कलेजमा समेत विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोग लिने योजना बनाएका थिए।

मेलम्चिमा कम्पनिको फार्म संचालनकालागि जग्गा किन्ने प्रयास चिन्तनले गरेका थिए । यहि बिचमा जीवनशैलीका संचालकहरुको विचमा विवाद आयो। न्युरो सर्जन वसन्त बस्नेतलगायत वरिष्ठ व्यक्तिको लगानी जीवनशैलीमा थियो। 

‘मसँग लेनदेनको विषयमा विवाद भएपछि माछा पाल्ने भन्दै हिँडेका थिए,’ तत्कालीन पालचोक गाविसका अध्यक्ष रामबहादुर खड्का भन्छन्, ‘जीवनशैली त गफ मात्र थियो। काम गर्नेभन्दा अरूको पैसा लिएर चलाउने सोच उनमा थियो।’

गैरसरकारी संस्था चलाउने विषयमा चिन्तन यति माहिर उनले हरेक विषयलाई कसरी गैससको ट्याग लगाउन सकिन्छ भन्ने कोणबाट हेर्दथे। पछिल्लो पटक कलेज चलाउन पैसा उठाएर हाइप्रोफाइल व्यक्तिलाई ठगेको अभियोगमा जेल परेका उनले कलेजमा समेत विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोग लिने योजना बनाएका थिए।

नागरिक न्युजलाई प्राप्त कलेज सञ्चालनसम्बन्धी योजनाअनुसार १ वैशाख २०७५ बाट विद्यालय सञ्चालन गर्ने कार्यक्रम थियो। ११ र १२ को कक्षा पनि २०७५ मै सञ्चालन हुने उनले बताएका थिए। ०७५ साउनदेखि त्रिभुवन विश्वविद्यालयवाट सम्बन्धन प्राप्त गरेको कुनै कलेज किन्ने उनको योजना थियो। उक्त कलेजमा तत्काल बीएड, एमएड र बीबीएस विषयहरुको कक्षा सञ्चालन गर्ने कार्यक्रम थियो। 

०७५ वैशाखदेखि कानुन विषयको सम्बन्धनका लागि कानुन संकायमार्फत निवेदन दिने योजना थियो। चीन तथा दक्षिण कोरियाका निजी क्षेत्र तथा कम्पनीहरुसँग प्राविधिक विषयका कलेज तथा विश्वविद्यालयमा साझेदारीका लागि छलफल चलेको बताएका थिए। चिन्तनले ०७५ साउनदेखि विभिन्न विषय र विधामा २० देखि ३० वटासम्म व्यावसायिक तालिमहरुको सञ्चालन गर्ने जनाएका थिए। 

डिप्लोमा प्रमाणपत्र प्रदान गर्ने, सीटीइभीटीबाट समेत कतिपय व्यावसायिक तालिम कार्यक्रमहरुको स्वीकृति लिई सञ्चालन गर्ने कार्यक्रम थियो। ३६ हजार सहकारी संस्थाहरुलाई लक्षित गरेर सहकारी सञ्चालक तथा कर्मचारीहरुका लागि तत्काल तालिम सञ्चालन गर्ने उनले बताएका थिए। कोरियाको आधिकारिक भाषा संस्थासँग सम्झौता गरेर वर्षमा १० हजारलाई कोरियन भाषा सिकाउने उनको महत्वाकांक्षा थियो। यसरी दिइने सबै तालिमका लागि यूएनडीपी, आइएलओ, यूनेस्को, विभिन्न दातृसंस्था अनुदान र सहयोग लिने उनको योजनामा उल्लेख छ। यूरोपियन यूनियनलगायत विभिन्न दातृ संस्थाहरुले सहयोगका लागि प्रस्ताव तयार गर्ने काम भैसकेको उनले उल्लेख गरेका छन्।  

पैसाका लागि गेसोमा विवाद

नेपालमा केही अभियानमा सफलता पाएपछि चिन्तन भूतपूर्व गोर्खाका पक्षमा काम गर्न बेलायत बस्न थाले। गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)को कानुनी सल्लाहकार भएर उनले उनीहरुको मुद्दालाई अगाडि बढाउने काम गरे। भूतपूर्व गोर्खाको अधिकारको विषयमा बहस अघि बढाए। त्यतिवेलासम्म भूतपूर्व गोर्खालाई वेलायतले तल्लो तहको व्यवहार गर्दै आएको थियो।

गेसोको तर्फबाट बेलायतको अदालतमा मुद्दा दर्ता गर्ने भएपछि चिन्तनले फिल साइनरलाई बेलायतवाट नेपाल बोलाए। नेपाल आएका साइनरले गेसोका लागि मुद्दा लड्दा लाग्ने खर्चको व्यवस्थापन गर्ने आश्वासन दिएर बेलायत फर्के। बेलायत पुगेर उनले पेन्सनसम्बन्धी मुद्दाको ७५ प्रतिशत खर्च बेलायतको कानुनी सहायता आयोगले व्यहोर्ने जानकारी दिए। खर्च व्यवस्था हुने भएपछि चिन्तन बेलायत लागे। बेलायतमा उनको बास भीसि हाउसमा हुन थाल्यो।

भिक्ट्रोरिया क्रस पाएका तुलबहादुर पुन उमेरले ८० कटिसकेका थिए। उनलाई चिन्तनले बुवा भन्दथ्ये। पुनले चिन्तनलाई आफ्नै छोरालाई भन्दा बढी माया गर्थे। यसको फाइदा उनले उठाए पुनकी श्रीमती पुनिसराको बैंक खाताबाट दुई हजार दुई सय पाउन्ड निकालेर। ९ मार्च २००९ मा भीसी पुनले नेपाल मगर संघमा उक्त पैसा उठाइदिन उजुरी दिए। उक्त उजुरीमा पुनले बैंकबाट आफू र श्रीमतीलाई थाहा नदिए पैसा निकालेको उल्लेख गरेका छन्। 

पैसाको विषयमा चिन्तन कहिल्यै पनि प्रस्ट भएनन्। उनले गेसोबाट ८० लाख नेपालीभन्दा बढी पैसा लिए। कानुनी सल्लाहाकारको रुपमा लिएको यो पारिश्रमिकको एक पैसा पनि कर उनले नेपाल सरकारलाई तिरेका छैनन्। अरुणको अभियान गर्दा समेत उनलाई अन्तर्राष्ट्रिय संस्थाबाट पैसा लिएको आरोप लागेको थियो। 

८ मे २००२ मा लन्डनस्थित उच्च अदालतमा गोर्खाहरूका तर्फबाट पेन्सनसम्बन्धी मुद्दा दर्ता भयो। २१ फरवरी २००३ मा यो मुद्दा फैसला भयो। अदालतले त्रिपक्षीय सम्झौताका आधारमा विद्यमान भेदभावलाई अमान्य घोषित ग¥यो। साइनरले मुद्दाको तयारीमा अध्ययन–अनुसन्धानका लागि भन्दै गेसोसँग पैसा मागे। गेसोले उनलाई एक लाख १० हजार पाउन्ड ति¥यो। पैसाको व्यवस्थापन गर्ने आश्वासन दिएका साइनरले गेसोबाट यति ठूलो रकम लिनुको पछाडि चिन्तनको हात रहेको आशंका आज पनि गरिन्छ। 

पैसाको विषयमा चिन्तन कहिल्यै पनि प्रस्ट भएनन्। उनले गेसोबाट ८० लाख नेपालीभन्दा बढी पैसा लिए। कानुनी सल्लाहाकारको रुपमा लिएको यो पारिश्रमिकको एक पैसा पनि कर उनले नेपाल सरकारलाई तिरेका छैनन्।

गोर्खाली युद्धबन्दीहरूलाई बेलायतीसरह क्षतिपूर्ति दिनुपर्ने अर्को मुद्दा पनि अदालतमा दर्ता भयो। २७ नोभेम्बर २००२ मा जनही १० हजार पाउन्ड क्षतिपूर्ति दिन अदालतले फैसला ग-यो। नेपालमा २०४६ सालको राजनीतिक परिवर्तनपछि गोर्खाहरू गोर्खा भूतपूर्व सैनिक सङ्घ अर्थात गेसोमा संगठित भए। यसको थालनी भूतपूर्व गोर्खा सैनिक पदमबहादुर गुरुङले गरे। पैसाको विषयमा चिन्तन र पदमबहादुरबीच बोलचाल बन्द भयो। चिन्तनले नेपालमा मात्र होइन बेलायतमै बसेर पदमबहादुरको सक्दो विरोध गरे।

अदालतको फैसलाअनुसार बेलायत सरकारबाट आवासीय भिसा पाउने हरेकसँग गेसोले पाँच सय पाउन्डका दरले पैसा उठायो। यो पैसा मेरा कारणले उठेको हो भन्ने चिन्तनको तर्क थियो। तत्कालीन अध्यक्ष गुरुङ भने कानुनी लडाइमा चिन्तनले खर्च लिएका कारण गेसोको अरु आम्दानीमा आँखा लगाउन नपाइने बताउन थाले। गेसोले उठाएको लाखौं पाउन्डको हिस्साका विषयमा चिन्तन र गुरुङबीचमा ‘पानी बाराबार’ भयो। 

‘उनहिरुको झगडा पैसाका लागि थियो’, गेसोका सल्लाहकार डा. सुरेन्द्र केसी भन्छन्, ‘पहिला पैसाको विषयमा कुरा नमिलेपछि चिन्तन निकालिए। पैसा हिनामिनाको आरोपमा गुरुङ पनि गेसोबाट निकालिए। यी दुवै जना गेसोको आम्दानी कसरी व्यक्तिगत रुपमा प्रयोग गर्न सकिन्छ भनेर लागेका थिए।’ 
   
उर्मिलाको बलि

अर्काको बैंक खाताबाट पैसा निकाल्नेसम्मको अपराध गरेका चिन्तन उर्मिला मगरको चरित्र हत्यामा लागे। नेपामै रहँदा जेठी श्रीमतीसँग पारपाचुके गरेका चिन्तनको भेट बेलायतमा उर्मिलासँग भएको थियो। उर्मिलालाई उनले विवाह गर्न चाहन्थे। गेसोका पदाधिकारीरुसँग विवाद बढ्दै जाँदा उर्मिला र चिन्तनको विवाह सम्भव भएन। त्यसपछि उनी उर्मिलालाई बदनाम गर्न लागे। उनले लेखेको किताब गोर्खा आन्दोलन उपलब्धि र चुनौतीमा उर्मिलासँग सहवास भएको समेत लेख्न भ्याए।

आफ्नो विपक्षमा बोल्नेलाई जसरी पनि सक्नुपर्छ भन्ने स्वभाव भएको चिन्तनले उर्मिलाको विषयमा बोल्दै हिँड्न थाले। यसको उजुरी प-यो मगर संघ यूके र प्लमस्टेड पुलिस स्टेसनमा। यो सन् २००८ को घटना हो। त्यतिवेला चिन्तन नेपाल आइसकेका थिए। नेपालमा आएर उनले विभिन्न पत्रिकामा ‘मेरो प्रेम कहानी’ भन्दै उर्मिलासँगको सम्बन्धको विषयमा छाप्न थाले। उनको आशय उर्मिलालाई बर्बाद पार्नु थियो। उनको परीवारलाई अप्ठेरोमा पार्नु थियो। यसअघि पनि पोखराको एक गुरुङ सहकर्मीसँग सम्बन्ध बिग्रेपछि चिन्तनले यस्तै हतकण्डा अपनाएका थिए। किताबको अंश भन्दै उनले २० पेजको प्रेमजीवन ती महिलाको श्रीमानलाई पठाएका थिए। 

अर्काको बैंक खाताबाट पैसा निकाल्नेसम्मको अपराध गरेका चिन्तन उर्मिला मगरको चरित्र हत्यामा लागे। नेपामै रहँदा जेठी श्रीमतीसँग पारपाचुके गरेका चिन्तनको भेट बेलायतमा उर्मिलासँग भएको थियो। उर्मिलालाई उनले विवाह गर्न चाहन्थे।

उर्मिलासँग खिचेको तस्बिर वेबसाइटमा राख्ने कामसमेत चिन्तनले गरे। उर्मिलासँग अंकमाल गरेका तस्बिर वेबसाइटमा हेर्न सार्वजनिक सूचना जारी गरे। यी फोटा १० दिनभित्र हेर्न अनुरोध गरियो। त्यो समयमा पनि उर्मिलाका परिवार, मगर संघ यूके र गेसोका अध्यक्ष गुरुङले सार्वजनिक क्षमायाचना नगरे अन्य श्रव्यदृश्य सामाग्रीसमेत सार्वजनिक गर्ने लिखित धम्की दिए। साथै अदालतबाट कानुनी उपचार खोज्ने धम्कीसमेत उनले दिएका थिए।

चिन्तनले दिएका यस्ता धम्कीको विषयमा फेरि जातीय रुपमा समाधान खोजियो। मगर संघ यूकेमा दिएको उजुरीको विषय नेपाल मगर संघमा आइपुग्यो। मगर संघले चिन्तनलाई बजारमा पठाएको किताब फिर्ता लिन आग्रह ग-यो। नेपाल मगर विद्यार्थी संघले ९ वैशाख २०६६ मा ७२ घन्टाभित्र चिन्तनलाई माफी माग्न भन्दै सार्वजनिक विज्ञप्ति जारी ग-यो। उक्त विज्ञप्तिमा भनिएको छ– ‘डीएनए टेष्ट गर्न आफू तयार रहेको, उर्मिला पुलामी मगरसँग शारीरिक सम्बन्धको श्रव्यदृश्य सामग्री रहेको जस्ता वाक्यांशले गोपालले उर्मिला र उनको परिवारमाथि गरेको ब्याकमेलिङ, बदमासी र चरित्रहत्याका ज्वलन्त प्रमाण हुन्।’ 

चिन्तन आफ्नो अभियानमा सकृय थिए । उनले माफी माग्नुको साटो झनै आक्रोश व्यक्त गर्न थाले। बजारमा किताब पठाउने क्रम रोकिएन। त्यसपछि संघले उनलाई बागबजारस्थित आफ्नो कार्यालयमा बोलायो। जल तथा ऊर्जा उपभोक्ता महासंघका कर्मचारीको भीड लिएर चिन्तन बागबजार गए। त्यहाँ विद्यार्थीको ठूलो जत्था जम्मा भएको थियो। दिनभरि जस्तो यो विषयमा कुरा भयो। अन्तिममा चिन्तले आफूले लेखेको किताब सार्वजनिक रुपमा जलाउन सहमत भए। केहीप्रति किताब उनले विद्यार्थीको भिडकै अगाडि जलाए।

दोहोरो भूमिका 

कुनै समय क्यानेडियन चर्चको सदस्य रहेका चिन्तन। पहिलो वैवाहिक जीवनमा खटपट आएपछि उनी विभिन्न महिलासँग जोडिएर त्यत्तिकै विवादमा तानिए। उनलाई चिन्ने विभिन्न व्यक्ति भने अरु महिलासँग जोडिन थालेपछि पहिलो श्रीमतीसँग खटपट बढेको बताउँछन्। अरुलाई फसाउन लिखित रुपमै ‘ब्ल्याकमेल’ गर्ने चिन्तनको पोखराकी गुरुङ थरकी ती महिलासँग अँगालो हालेको तस्विर उनकै केही साथीले पहिलो श्रीमतीलाई दिएका थिए।

न्यु प्लाजामा रहेको कार्यालयमै उनको कोठा थियो। कार्यालयमा बाइबलका वाक्यहरु टाँसिएका थिए । सुरुका दिनदेखि क्यानेडियन चर्चको पैसा उनको गैरसरकारी संस्थाले ल्याएको थियो। तर, उनी आफूलाई हिन्दु साथीहरुको बीचमा क्रिस्चियन भन्दैन्थे। करियरको सुरुकालमा सेन्ट जेभियर्स स्कुलको कानुनी सल्लाहकार हुनुभन्दा पहिला उनी क्रिश्चियन भैसकेका थिए । बेलायतबाटब नेपाल फर्केपछि उनले विष्णु भन्ने अर्को महिलासँग विवाह गरे। उनलाई महासंघको सिफारिसमा बेलायत पठाए। पछिल्लो समय उनी कमला सिटौलासँग बस्दै आएका थिए। 

सिटौला एकल महिला हुन्। ठगी मुद्दामा प्रतिवादी सिटौला अहिले फरार छिन्। उनीसँग पनि डिभोर्स भएको बताउँदै आएका चिन्तनले बयानको क्रममा भने पत्नी स्विकारेका छन्। जिल्ला अदालत काठमाडौंमा दिएको बयानमा उनले भनेका छन्, ‘परिवारका सदस्य र नातागोतालाई जबरजस्ती मुद्दाको पक्ष बनाउने कार्य कानुनसम्मत छैन।’ 
सिटौलाको विषयमा अदालतबाट म्याद जारी गर्न आदेश भैसकेको छ। 

किन निकाले त्यो किताब

३ जेठ २०५० मा दासढुंगामा जिप दुर्घटना भयो। उक्त दुर्घटनामा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भयो। आफ्नो नेताको निधनलाई एमालेले अहिलेसम्म पनि दुर्घटना भन्न मान्दैन। उसले यो दुर्घटनालाई हत्या भन्दै आएको छ। यस पछाडि कसैको हात छ भन्ने एमालेको ठहर देखिन्छ।

मदन र जिवराजको दुर्घटनापछि जनादेश साप्ताहिकमा टीएन प्रधान र रमेश प्रधानको नामबाट शृंखलाबद्ध लेख प्रकाशन भए। ती लेखका लेखक दुवै जना सार्वजनिक परिचय वनाएका व्यक्ति थिएनन्। उनीहरुको नाम यसअघि लेखकको रुपमा सुनिएको थिएन। लेखमा ती लेखकहरुले दुर्घटनालाई हत्याका रुपमा व्याख्या गरे। त्यतिले नपुगेर उक्त हत्यामा एमाले नेता तथा अहिलेका प्रधानमन्त्री केपी ओलीको संलग्नता भएको दाबी गरिएको थियो।

चिन्तनले ती ‘रहस्यमयी’ लेखकको उक्त लेख शृंखलासमेत समेटेर ‘मदन–आश्रित हत्याकाण्ड र यसको रहस्य’ नामक किताब प्रकाशन गरे। उनी उक्त किताबका सम्पादक तथा संकलक थिए। किताबमा उनकै लेखसमेत समावेश छ। चिन्तनले लेखेको लेख ‘सागभात खान समस्या पर्ने केपी दाइ’मा केपी ओलीलाई तल्लोस्तरको गालीको भाषा प्रयोग भएको छ। त्यस्तै डा. बाबुराम भट्टराईले लेखेको लेख ‘रअ’को विगविगी र देशभक्तको दायित्व’समेत किताबमा समावेश छ। 

यो किताबको आशय हो– दासढुंगा दुर्घटनामा ‘रअ’को हात छ। अहिलेसम्म विवाद र बहसमा रहेको दासढुंगा हत्याकाण्डको विषयमा खोजमूलक लेख लेख्न दुई प्रधानको परिचय अहिलेसम्म खुलेको छैन। परिचय नखुलेको विषयमा आएका लेखमा टीएन प्रधानको फोटो भने भारतीय पत्रकार कुलदीप नायरको प्रयोग भएको छ। त्यतिवेला आजको जस्तो अनलाइनको प्रचलन नभएका कारण नायरको तस्बिर छुट्याउन धेरै समय लागेको थियो।  


यो पनि पढ्नुहोस्।

जसका कर्तुतले सबैलाई छक्क पार्‍यो

गोपालको विकासविरोधी धन्दा








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad