coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

मुक्तिनाथ–महालक्ष्मी सम्झौता

काठमाडौं – मुक्तिनाथ विकास बैंक र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच बिमा सेवा दिने सम्बन्धमा सम्झौता भएको छ। सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकले देशभर रहेका आफ्ना एक सय २० शाखाबाट महालक्ष्मीको जीवनबिमा योजना बिक्री गर्नेछ।

महालक्ष्मी लाइफले सार्वधिक बिमा योजना, डबल सार्वधिक बिमा योजना र लगानी फिर्ता बिमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरेको हो।
इन्स्योरेन्सले काठमाडौं, पोखरा, वीरगन्ज, इटहरी, लहान, नारायणघाट, बुटवल, कोहलपुर र सुर्खेतबाट कारोबार थालिसकेको जारी विज्ञप्तिमा उल्लेख छ। चैत महिनाभित्र काठमाडौं उपत्यकाका १० स्थानबाट कारोबार सञ्चालन तयारी भइरहेको जारी विज्ञप्तिमा उल्लेख छ।

सम्झौतामा मुक्तिनाथका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरूङ र इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले हस्ताक्षर गरेका छन्।

प्रकाशित: ८ चैत्र २०७५ ०६:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App