काठमाडौं – गरिमा विकास बैंक लिमिटेडले ललितपुरको कुमारीपाटीमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले बिहीबार उक्त शाखा उद्घाटन गरेका हुन्।
काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यो बैंकको काठमाडौं उपत्यकाभित्र आठसहित देशभर ७२ शाखा र १७ एटिएम सञ्चालनमा छन । बैंकले छिट्टै नै पर्साको वीरगन्ज, चितवनको मिलनचोक, दाङको तुल्सीपुर र कास्कीको हेम्जामा शाखा खोल्ने जनाएको छ ।
प्रकाशित: ८ चैत्र २०७५ ०६:२६ शुक्रबार