खुकुरी प्रहार गरी श्रीमतीको हत्या

शुक्रबार, ०८ चैत २०७५, ११ : ४५ टंक क्षेत्री

सर्लाही – श्रीमतीलाई खुकुरी हानेर हत्या गरेको आरोपमा सर्लाहीमा १ जना पक्राउ परेका छन्। बरहथवा नगरपालिका–५ का रामेश्वर सिग्देलको घरमा डेरा गरी बस्ने झापाका ३० वर्षीय रामजी विश्वकर्माले ३३ वर्षीया सुनीतालाई खुकुरी हानेर बीभत्स हत्या गरेको आरोप लागेको छ।

बिहीबार राति साँढे १० बजे रामजीले सुनीताको घाँटी, हात, खुट्टालगायत शरीरका विभिन्न भाग खुकुरी प्रहार गरेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ।

सुनीतको घटनास्थलमै ज्यान गएको थियो। रामजीले सुतिरहेकी श्रीमतीमाथि खुकरी प्रहार गरेको प्रहरीले जानकारी दिएको छ। हत्या गरेर भाग्दै गरेका रामजीलाई प्रहरीले राति नै नियन्त्रणमा लिएको छ।

बरहथवास्थित अमर सुनचाँदी पसलमा कालिगढको रुपमा रामजी काम गर्दै आएका थिए। पहिला श्रीमतीले आफूमाथि खुकुरी प्रहार गर्न खाजेपछि खोसेर आक्रमण गरेको रामजीले प्रहरीसमक्ष बयान दिएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

शिक्षिकाको रुपमा कार्यरत सुनीताले रामजीसँग दोस्रो बिहे गरेकी अनुसन्धानबाट थाहा भएको छ। उनको पहिलो श्रीमानपट्टिबाट १५ वर्षकी छोरी छ।  मृतकको शव पोस्टमार्टमका लागि जिल्ला सदरमुकाम मलंगवा लगिएको छ।







यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोनमा किबोर्ड र माउस कसरी प्रयोग गर्ने ?

स्मार्टफोनमा किबोर्ड र माउस कसरी प्रयोग गर्ने ?

बाहिरी किबोर्ड र माउसहरू जोडेर तपाईंले आफ्नो एन्ड्रोइड स्मार्टफोन र ट्याब्लेटलाई कम्प्युटर जसरी नै प्रयोग गर्न सक्नुहुनेछ । ...

मलेसिया शैक्षिक मेला बिहीबारदेखि

मलेसिया शैक्षिक मेला बिहीबारदेखि

स्टडी प्लसले मलेसियन दूतावासको सहयोगमा भदौ ५ र ६ गते जमलस्थित एलो प्यागोडा होटलमा मलेसिया शैक्षिक मेलाको आयोजना गर्दै छ...

पुँजीबजारमा झिनो सुधार
क्रेता–विक्रेताबीच मूल्यमा रस्साकस्सी

पुँजीबजारमा झिनो सुधार क्रेता–विक्रेताबीच मूल्यमा रस्साकस्सी

पुँजीबजारमा बुधबार झिनो बिन्दुको सुधार देखिएको छ । यस दिन नेप्से ०.४२ बिन्दुले बढेर १२१४.०५ बिन्दुमा पुगेको छ । ...

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच सम्झौता

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच सम्झौता

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच डिबेन्चर निष्कासन सम्बन्धी सम्झौता भएको छ । ...

कुमारी बैंक र ललितपुर वाणिज्य संघको पदयात्रा कार्यक्रम

कुमारी बैंक र ललितपुर वाणिज्य संघको पदयात्रा कार्यक्रम

कुमारी बैंकले नेपाल पर्यटन वर्ष २०२० लाई सफल पार्न निजी क्षेत्रको पूर्वतयारीको रूपमा ललितपुरमा रहेका नयाँ पर्यटकीय गन्तव्यको पहिचान एवं...

एभरेस्ट बैंक र एन प्याब्सनबीच साझेदारी

एभरेस्ट बैंक र एन प्याब्सनबीच साझेदारी

एभरेस्ट बैंक (इबिएल)ले नेसनल प्राइभेट एन्ड बोर्डिङ स्कुल एसोसिएसन नेपाल (एन प्याब्सन)सँग सम्बन्ध विस्तार गर्दै इबिएलका सेवा नेसनल प्याब्सनका सदस्य...

प्रभुको एक्सटेन्सन काउन्टर विस्तार

प्रभुको एक्सटेन्सन काउन्टर विस्तार

प्रभु बैंकले झापाको दमक नगरपालिकास्थित मालपोत कार्यालय र इलाम मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

पशुपति पेन्ट्सको रंगोत्सव योजना

पशुपति पेन्ट्सको रंगोत्सव योजना

पशुपति पेन्ट्सले ‘महापर्वको रंगोत्सव’ योजना पुनः ल्याएको छ । ...

Ncell Footer Ad