८ वैशाख २०८१ शनिबार
अर्थ

अर्थमन्त्रीसँग शिष्टाचार भेट

काठमाडौं – अर्थमन्त्री युवराज खतिवडासँग स्विस डेभलपमेन्ट कोअपरेसन एजेन्सीका महानिर्देशक मेनुएर सागरले शिष्टाचार भेट गरेका छन्।

अर्थ मन्त्रालयमा बिहीबार भएको भेटमा अर्थमन्त्री खतिवडाले नेपालको समग्र विकास प्रयासमा स्विस सरकारले पु¥याएको सहयोगप्रति धन्यवाद ज्ञापन गरे। भेटमा थप सहयोगका क्षेत्रबारे छलफल समेत भएको थियो।

विशेषगरी, यातायात तथा सुरुङ मार्ग निर्माणमा स्विस सरकारको विशेष दक्षता र अनुभव रहेकोले सो प्रविधिलाई नेपालमा प्रयोग गर्न चाहेको खतिवडाले बताए। उनले नेपाल सरकारले प्रस्तावित गरेको दुई सुरुङ मार्गको निर्माणलाई द्रुतगतिमा अघि बढाउन स्विस सरकारसँग विशेष आग्रह गरे।

बैठकमा महानिर्देशक सागरले नेपालले राजनीतिक स्थिरता प्राप्त गर्न सफल भएको तथा नयाँ संविधान कार्यान्वयनको चरणमा भएकोमा खुसी व्यक्त गरे। भेटमा नेपालको भौगोलिक विविधताका कारण प्राप्त गर्न सक्ने लाभका क्षेत्रमा आगामी दिनमा पनि सहयोगको निरन्तरता रहने प्रतिबद्धता व्यक्त गरे। भेटमा स्विजरल्यान्डका नेपालस्थित राजदूत एन्साबेथ वोव कापेल्लरको समेत सहभागिता थियो।
 

प्रकाशित: ८ चैत्र २०७५ ०५:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App