मेडिकल कलेजको अनुगमन संसदीय समितिले गर्ने

शुक्रबार, ०८ चैत २०७५, ०८ : ५७ नागरिक

काठमाडौं – मुलुकभरका मेडिकल कलेजमा भइरहेको बदमासी र हेलचेक्राइलाई संघीय संसदको शिक्षा समितिले अनुगमन गर्ने भएको छ। मुलकभर रहेका २२ वटा मेडिकल कलेजमा मापदण्ड वीपरित चर्को शुल्क लिएको तथा शिक्षामा गुणस्तर पु-याउन नसकिरहेको बेला समितिले अनुगमन गर्न लागेको हो।

सो अनुगमन गर्ने बारेमा शिक्षा समितिमा अनौपचारिक छलफल चलिरहेको सदस्य योगेश भट्टराईले बताए। ‘दुई तीन वटा टिम बनाएर मेडिकल कलेजको अनुगमन गर्ने तयारीमा छौं,’ भट्टराईले नागरिकसँग भने, ‘कलेजमा भइरहेका बद्मासीलाई नियन्त्रण गर्न पनि संसदीय समितिको सक्रियताको खोजी भइरहेको छ।’

उनका अनुसार समितिले केही दिनमा नै निर्णय गरेर अनुगमनको कार्य सुरु गर्नेछ। गण्डकी मेडिकल कलेज, किष्ट मेडिकल कलेज, जानकारी मेडिकल कलेजलगायतले विद्यार्थीसँग चर्को शुल्क लिएको र सो कारण विद्यार्थीले आत्महत्यासमेत गर्न थालेको समाचार प्रकाशित भएपछि संसदीय समिति अनुगमनका बारे सो निर्णय गरिएको हो।

मेडिकल कलेजमा लिइएको बढी शुल्क फिर्ता हुने
काठमाडौं - विभिन्न मेडिकल कलेजमा जथाभावी शुल्क लिइएको तथा विद्यार्थी परीक्षा फारम भर्नबाट वञ्चित गराइएको विषयमा बिहीबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, विश्वविद्यालयका पदाधिकारी र विद्यार्थी सङ्गठनका पदाधिकारीबीच सहमति भएको छ। जबर्जस्ती लिइएको शुल्क फिर्ता गर्ने, आवेदनमा छुट भएका विद्यार्थीलाई यही चैत ८ गतेसम्मको अवधिमा फारम भर्न लगाउने र विद्यार्थी संगठनले गरेको तालाबन्दी खुलाउने सहमति भएको अनेरास्ववियुका सचिव आरसी लामिछाने जनाए।

शिक्षामन्त्री गिरिराजमणि पोखरेल, सचिव खगराज बराल, त्रिवि उपकुलपति डा. तीर्थराज खनियाँ, निजी कलेज सञ्जालकका प्रतिनिधि, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र नेपाल विद्यार्थी संघका प्रतिनिधिबीच बिहीबार सिंहदरबारमा वार्ता भएको थियो। सो विषयमा कारबाही नभएको भन्दै सत्तारुढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) ले मंगलबार त्रिवि उपकुलपति र चिकित्साशास्त्र अध्ययन संस्थानको डीनको कार्यालयमा तालाबन्दी गरेका थिए। गण्डकी र किष्ट मेडिकल कलेजमा आफूखुशी शुल्क असूल भएको र परीक्षा फाराम भर्न नपाएका विद्यार्थीलाई मनोवैज्ञानिक त्रास दिई मुद्दा फिर्ता लिन दबाब दिएको विषय कानुनी कारबाहीको सवाल भएकाले तालाबन्दी खुले पनि पीडित विद्यार्थीले मुद्दा फिर्ता नलिने जनाए।








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad