महेन्द्रले बनाएको मार्गचित्र

शुक्रबार, ०८ चैत २०७५, ०८ : ३९ युवराज गौतम

चीनका विद्वान् फाहियानले सनातन परम्परा, जीवनशैली र हिमालयदेखि दक्षिणमा विस्तीर्ण प्राच्य संस्कृतिको अध्ययन गर्न हजारौं माइल हिँडेर धेरै विद्वान्–विदुषीलाई भेटे। उनका समकालीन थिए– चाणक्य। नेपालको बाटो हुँदै फाहियान पाटलीपुत्र (पटना) पुगे। मगध सम्राट चन्द्रगुप्तका प्रधानमन्त्री थिए, चाणक्य। राष्ट्र र जनताको कल्याण तथा अध्ययनबाहेक अन्य कुरामा समय खर्च नगर्ने चाणक्यको ‘प्रधानमन्त्री निवास’ माटोले लिपिएको सानो झुप्रो थियो। विदेशी विद्वान्हरू त्यो देखेर छक्क पर्थे।

फाहियानले यात्रा वृतान्तमा लेखेका छन्– ‘चाणक्य (प्रधानमन्त्री) झुप्रामा बस्छन् तर जनतालाई सुखी बनाउँछन्।। उनका जनता राम्रा महलमा बसेका छन्। जहाँका प्रधानमन्त्री महलमा बसेर भोगविलासमा रमाउँछन्, त्यहाँका जनता झुप्रामा बसेको देखें मैले।’ युनान देशसँग कूटनीतिक सम्बन्ध स्थापित गराएर ठूलो काम गरे, चाणक्यले। चाणक्य (कौटिल्य) जस्ता सरल, प्रतिभाशाली, विद्वान् र महान्कूटनीतिज्ञ, चतुर राजनेताका बारेमा (इसापूर्व ५५० तिरका) कैयन् विद्वानले आफ्ना ग्रन्थमा चर्चा गरेका छन्। ५५० इसापूर्वमा प्रकाशित विशाखदत्तको ‘मुद्राराक्षस’ ऐतिहासिक नाटकमा चाणक्यको महान्प्रतिभाको चित्रण गरिएपछि उनका बारेमा धेरैले थाहा पाए।

महेन्द्रले बनाएको मार्गचित्र टुकुचामा बगाएर उनीहरू देश डुबे पनि गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता बचाउनुपर्छ भनिरहेका छन्।

कुनै स्कुल÷क्याम्पस नगएका तर स्वअध्ययनबाट खारिएका नेपालका राजा महेन्द्र, दरबारमा जन्मिए पनि उनले राष्ट्र र जनताका हितमा सम्पूर्ण जीवन बिताए। २०२८ माघ १७ गते चितवनमा ५२ वर्षमै शरीरान्त हुनु अघिसम्म उनी राष्ट्रलाई कसरी बलियो, समुन्नत र प्रभावशाली बनाउन सकिन्छ भनेर विभिन्न विद्वान्, कूटनीतिज्ञ र अर्थशास्त्री आदिसँग छलफल गरिरहेका थिए। कृष्णबम मल्ललाई हाकिम बनाएर चितवन र त्यस वरपरका क्षेत्र सुन्दर तुल्याउन खोज्दै थिए उनी। मेचीदेखि महाकालीसम्म समथर तथा पहाडी भू–भागलाई जोड्न सडकहरू बनाउनुपर्छ भनेर महेन्द्र राजमार्ग बनाए उनले। त्यसपछि तराईका पचासौं सहर–बजारमा विकासको रक्तसञ्चार भयो। मूर्खहरूले बिस्तारै महेन्द्रलाई बिर्संदै गए। तर सज्जनहरू आज पनि उनलाई सम्झिरहन्छन्।

महेन्द्रले देखाएको बाटो भनेको गाडी चल्ने होइन, सुदूरभविष्य हेरेर महान् लक्ष्यमा पुग्ने मार्ग थियो। त्यसबेला विश्व अमेरिका (पुँजीवादी) र सोभियत संघ (साम्यवादी) शिविरमा विभाजित थियो। तटस्थ बस्न चाहने राष्ट्रहरूले असंलग्न परराष्ट्र नीति बनाए। राजा महेन्द्र सो नीतिका संरक्षक, सम्वद्र्धक र सम्पोषकमध्ये एक थिए। वाङडुङ (इन्डोनेसिया) देखि बेलग्रेड (युगोस्लाभिया)सम्मका ठाउँमा भएका असंलग्न राष्ट्रका शिखर सम्मेलनमा महेन्द्रले दिएका ओजस्वी भाषणहरू वासिङ्टन र मस्कोसम्म चर्चाका विषय बनेका छन्। विश्वले नै  महेन्द्रलाई उच्चस्तरको राजनेताका रूपमा सम्मान गर्न थाले। अर्थात्, महेन्द्रले महारानी एलिजाबेथ (द्वितीय) देखि अमेरिकी राष्ट्रपतिहरू लिन्डन बी. जोन्सन तथा डी. आइजनहावरसम्म राजनेताका समेत मित्र बने। यस्तै चीनका अध्यक्ष माओ पनि महेन्द्रका घनिष्ठ मित्र थिए।
भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले नेपालको तराई क्षेत्र भारतमा मिसाउने योजना बनाइरहेको सूचना पाएपछि राजा महेन्द्रका कैयन् रात सुस्केरामा बितेको उनीसँग काम गरेका पुराना व्यक्तिहरू बताउँछन्। राष्ट्र र जनताका हितमा बाह्र÷पन्ध्र घन्टा काम गरिरहँदा उनलाई आराम पुगेन भन्ने उनका निजी चिकित्सकहरूको धारणा छ। नेपालको स्वाधीनताप्रति उनी अहोरात्र चिन्तित हुन्थे। मर्ने बेलामा पनि उनले ‘म मरे पनि मेरो देश बाँचिरहोस्’ उद्गार व्यक्त गरेको तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले विभिन्न ठाउँमा बताएका छन्।

मेची–महाकाली यात्रा गरेर महेन्द्रले जिल्ला–जिल्लाका हजारौं जनतालाई भेटे। जनताका दुःखकष्ट देखेर उनको कवि हृदय रोयो। उनले लेखे– ‘कोही धनी असाध्य, कोही गरिब माग्ने, सक्तीनँ देख्न भन्छिन्, सन्तान थरिथरिका।’ नेपाल आमा विषमता देख्न चाहन्नन्, त्यसैले धनाढ्य र दरिद्र जनता बीचको अन्तर हटाउन केही गर्नैपर्छ भनेर उनले भूमिसुधार कार्यक्रम ल्याए। लाखौं भूमिहीन किसानले आफैंले जोतिरहेको जमिन सित्तैमा पाए। लाखौं गरिबलाई महेन्द्रले जग्गाको मालिक बनाए। उनीहरू नै कालान्तरमा राजतन्त्र मास्नेहरूका ‘कार्यकर्ता’ बन्दै गए। महेन्द्रलाई बिर्सिए। कृतघ्नहरूले इतिहास भुल्दै गए।  

प्रधानमन्त्रीले सुसेलेको भरमा सेना परिचालन गर्ने तर राष्ट्रिय सुरक्षा परिषद्ले निर्णय गर्न नपाउने व्यवस्था गर्न लागिएको कुरा सार्वजनिक भइसकेको छ । प्रेसलाई ‘भ्यासेक्टोमी’ गरिँदैछ । निजामती प्रशासनलाई ‘निजी सचिवालय’ बनाइँदैछ । 

आज नेपालमा दुई खालका चिन्तन विकसित भइरहेको देखिन्छ। पहिलो वर्ग भन्छ– जसरी भए पनि सुखी र समृद्ध हुनुपर्छ। विदेशीसँग भीख मागेर, धर्म–संस्कृति र स्वाभिमान मासेर, मौलिक परम्परा, आदर्श, मूल्यमान्यता सबै खरानी पारेर पनि भौतिक रूपमा ‘सुखी र समृद्ध’ हुनुपर्छ। प्रधानमन्त्रीले सेनालाई पनि ‘समृद्ध नेपाल सुखी नेपाली’ नारा भट्याइरहनू भनेर आदेश दिएको कुरा सञ्चारमाध्यममा आएको छ। राष्ट्रिय सुरक्षा नीतिमा प्रधानमन्त्रीका ती ‘महावाणी’ राख्नुपर्ने आदेश रहेछ।

अर्को छ, राष्ट्रिय एकता, स्वाभिमान, सत्य, प्राचीन धर्म–संस्कृति, परम्परा र अखण्डता बचाउन कुनै पनि विदेशी शक्तिका अनावश्यक सर्त, धम्की र आदेश स्वीकार गर्नुहुन्न भन्ने राष्ट्रवादी वर्ग। विदेशी दातृ निकायको निर्देशनमा बनाइएको गणतन्त्रात्मक संविधानले ‘हामी नेपाली’ भन्न दिएको छैन। विदेशीको आदेशमा राष्ट्र कमजोर पार्न केही विस्फोटक पदार्थ संविधानको सिरानीमुनि राखिएका छन्। गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताजस्ता बमहरू सेनाको डिस्पोजल टोलीले पनि निस्तेज पार्नसक्ने सम्भावना देखिँदैन। संयुक्त राष्ट्रसंघ, अमेरिका, ब्रिटेन, स्क्यानडेभियन राष्ट्रहरू, भारतलगायत धेरैको स्वार्थको सन्दुकभित्र सुुरक्षित छन् ती डरलाग्दा बमहरू।

सुडानलाई सन् २०११ मा दुई टुक्रा बनाएर विश्वको कान्छो देश (हालसम्म) साउथ सुडान बनाउँदा गोराहरूकै बम अर्थात् ‘जनमतसंग्रह’ प्रयोग गरिएको थियो। जनअभिमत (पिपुल्स भर्डिक्ट) वा जनमत संग्रह (रेफ्रेन्डम) जस्ता शब्दहरू बडो कर्णप्रिय र प्रजातान्त्रिक सुनिन्छन्। सन् १९७५ मा सिक्किमलाई भारतमा विलय गर्दा भारतीय गृहमन्त्री वाइबी चौहानले ‘जनमत संग्रह’ गराए, सिक्किममा। राष्ट्रवादीहरू अल्पमतमा परे। इन्डोनेसिया टुक्र्याउन ‘जनमतंग्रह’ नै प्रयोग गरियो। इस्टटिमोर नामको नयाँ राष्ट्र बन्यो जनमतसंग्रहपछि। इथियोपियाबाट इरिट्रिया बनाउँदा जनमतकै सहारा लिइयो। तसर्थ जनमत आफैंमा नक्कली पनि हुन सक्छ। अर्थात्, कालीप्रसाद रिजालले लखेको गीत झैं– ‘यो त सब भन्ने कुरा न हो।’

प्रजातान्त्रिक वा लोकतान्त्रिक शासनका नाममा साम्राज्यवाद र विस्तारवाद फैलिएको छ आज पनि। कहाँ, कसलाई बलियो बनाउँदा वा संसदमा ‘दुई तिहाई’ मतले जिताउँदा स्वार्थपूर्ति हुन्छ, त्यही गर्छन्÷गराउँछन्, शक्ति राष्ट्रले। निकारागुवामा सान्डिनिस्टा छापामारलाइ सिआइएले गुप्तधन दिएको स्वीकार गरेका छन्, अमेरिकी सुरक्षाविद् ओलिभर नर्थले। दक्षिण अमेरिकी राष्ट्रहरू अंगोला र ग्वाटेमाला लगायतका राष्ट्रलाई सुख–समृद्धिकै सपना देखाएर गृहयुद्धमा जलाइयो। नेपालमा विदेशीले षडयन्त्र गर्न नपाउन् भनेर राजा महेन्द्रले सूचना संग्रह गर्न प्राध्यापक, सम्पादक, उच्चस्तरका अधिकारी, व्यापारी, उद्योगपतिलगायत हरेक तह र तप्काका मानिसलाई सक्रिय गराएर ‘रोयल इन्टेलिजेन्स ब्युरो’ जस्ता अंगहरू बनाएका थिए। ‘बनारसमा नेपाली कांग्रेसले प्रेसमा पाँच हजार पर्चा छाप्दैछ, वीरगन्जको बाटोबाट ल्याउँदैछन्, त्यहीं समात्नू’ भन्ने राजाको हुकुम पाएपछि राति नै वीरगन्ज पुगेर २४ प्रहरी र गुप्तचर परिचालन गरेर मानिससहित हजारौं पर्चा नियन्त्रणमा लियौं’ भन्ने रोचक प्रसंग सुनाएका थिए, नेपाल गुप्तचर विभागका तत्कालीन हाकिमले। पछि महेन्द्रले बैठकमा सोधेछन्– ‘पर्चा बोक्नेले कालो स्वेटर लगाएको थियो होइन ?’ त्यति स–साना कुराको पनि सूचना राख्थे उनी। राष्ट्रिय सुरक्षाका कुरामा लापरबाही थिएन भन्ने कुरा यस्ता कैयन् प्रसंगबाट पुष्टि हुन्छ।

विदेशीले केही व्यक्ति पाल्ने र नेपाल ढाल्ने योजनाअनुसार काम गरिरहेको देखिन्छ। श्री ३ पद्म शमशेरले ‘म राष्ट्रको सेवक’ भन्थे आपूmलाई। नरेन्द्र मोदी चुनाव जित्न ‘म भारतको चौकीदार’ भन्दैछन्। यता नेपालका धेरै नेता विदेशी शक्तिका चौकीदार बनेका छन्। महेन्द्रले बनाएको मार्गचित्र टुकुचामा बगाएर उनीहरू देश डुबे पनि गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता बचाउनुपर्छ भनिरहेका छन्। सेनाको संख्या घटाउने, हातखुट्टा बाँधेर दुईछाक खान मात्र दिने र देश ढल्दा कोही चुइँक्क नबोलुन् भनेर विभिन्न गुप्तयोजना बनाउन थालेको संकेत देखिन्छ। सेनालाई किनाराको साक्षी बनाएर प्रधानमन्त्रीले सुसेलेको भरमा सेना परिचालन गर्ने तर राष्ट्रिय सुरक्षा परिषद्ले निर्णय गर्न नपाउने व्यवस्था गर्न लागिएको कुरा सार्वजनिक भइसकेको छ। प्रेसलाई ‘भ्यासेक्टोमी’ गरिँदैछ। निजामती प्रशासनलाई ‘निजी सचिवालय’ बनाइँदैछ। प्रहरी निरीह देखिन्छ। जनता मुकदर्शक बनेका छन्।

चिकित्सा विज्ञानले भन्छ– ‘कुनै कारणबेगर मानिसमा रोग लाग्दैन। रोग लागे पनि समयमै चाल पाइयो भने क्यान्सर पनि निको हुन्छ।’ २०६२÷६३ सालभन्दा पहिले पनि नेपाल रोगी त थियो तर बितेका १२ वर्षमा हरेक अंगमा फैलिएको क्यान्सरले आज थला परेको छ। यसको उपचार नै भएन। बरु ‘सुख–समृद्धि’ रङको होली खेलेर शासकहरू मस्तले गीत गाउँदैछन्। हेरौं, कति दिन नाच्दारहेछन् उनीहरू !





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

सामाजिक संजाल प्रयोग गर्दा निम्न कुराहरु ध्यानमा राख्नु आवश्यक छ ...

Ncell Footer Ad