coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

पाँच नम्बर प्रदेश टुक्र्याए सशक्त प्रतिवादः रायमाझी

अर्घाखाँची–पूर्व उपपधानमन्त्री तथा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले ठूला तीन दल र मधेसदी दलहरुको सहमतिमा संविधान संशोधन गर्नुपर्ने बताएका छन्। उनले  एमालेले संविधान संशोधन गर्ने विषयमा असहमति जनाइरहे मधेसी दलहरु आफ्नो मागबाटपछि हट्नु पर्ने बताए।

रिपोटर्स क्लव अर्घाखाँचीले सन्धिखर्कमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले  मधेसीले उठाएका जायज माग सम्वोधन गरिनु पर्ने बताए ।   उनले एमालेलाई सहमतिमा ल्याउन अधिकतम प्रयास गर्नुपर्ने भन्दै  सहमति नजुटे मधेसी दलहरुपछि हटी आन्दोलन र बिरोधका कार्यक्रम स्थगित गर्नु पर्ने बताए।  रायमाझीले मधेसी दलहरुले बिरोध कायम राखिरहे ठूला दलहरु  अत्यधिक वहुमतले संविधानलाई कार्यान्वयन गर्ने दिशामा उन्मुख हुनुपर्ने बताए । ठूला  तीन दल एकै ठाउँमा उभिएकै कारण संविधान जारी भएको भन्दै उनले  संशोधन गरि गतिरोध अन्त्य गर्न पनि तीन दलहरु एकै ठाउँमा रहनु पर्ने औंल्याए।

नेता रायमाझीले संविधानको अन्र्तबस्तुमा कांग्रेस एमाले र माओवादीको केन्द्रको समेत असहमति रहेको स्मरण गराउँदै मधेसी दलले उठाएका सबै माग सम्वोधन हुनुपर्छ भन्ने नरहेको बताए । ‘ठूला दलहरुका पनि आफ्नै माग र अडान थिए’, उनले भने, ‘संविधान जारी गर्न ठूला दलहरुले पनि धेरै त्याग गरेका छन् ।’  उनले संविधान संशोधन गरी आधारभूत माग पूरा गर्ने विषयमा एमाले पनि छिट्टै सहमतिमा आउनुपर्ने बताए ।

  संविधान कार्यान्वयन नभए देश प्रतिगमनतर्फ धकेलिने भन्दै संविधान कार्यान्वयन गरी देशलाई आर्थिक क्रान्तितर्फ उन्मुख गराउनुपर्ने बताए । उनले  पुष्पकमल दाहाल नेतृत्वमा बनेको वर्तमान सरकारको समीक्षा गर्ने समय अझै आइ नसकेको बताए ।  संविधान कार्यान्वयनको विषय नै वर्तमान सकारको चुनौतिको विषय रहेको उनले बताए । ‘तीन तहको निर्वाचन नभइ संविधान कार्यान्वयनको चरणमा जान सक्दैन’, उनले भने, ‘ निर्वाचन गरायो भने यो सरकार सफल हु्न्छ, होइन भने सरकार सफल भएको मान्न सकिँदैन ।’  वर्तमान सरकार निर्वाचन गराउन सफल रहने उनले विश्वास व्यक्त गरे ।

उनले स्थानीय निकायको पुर्नसंरचना गर्ने विषयमा प्रमुख दलहरु बीच सहमति कायम भइसकेकाले स्थानीय निकायको निर्वाचन चैत्र भित्रै हुने बताए ।  उनले मधेसी दलका माग पूरा गर्ने नाममा ५ नं. प्रदेशलाई टुक्राउने षडयन्त्र भएको भन्दै त्यसो गर्न खोजिए शसक्त प्रतिवादमा उत्रने बताए ।  ५ नं. प्रदेशको सर्वदलीय भेला राख आधिकारिक धारणा सार्वजनिक गर्ने तयारीमा रहेको जानकारी दिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवाल, नेपाली कांग्रेसका सभापति विष्णु मुस्कान, पत्रकार महासंघका अध्यक्ष शोभाखर पन्थी लगायतले मन्तव्य राखेका थिए ।  

 

प्रकाशित: २९ आश्विन २०७३ ०६:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App