coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मधेसमा मनाइयो ‘फगुवा’ (फोटो फिचर)

वीरगन्ज– बुधवार ‘समद’ अर्थात होलिका दहनपछि बिहीवार एक अर्कालाई रंग अबिर लगाउँदै र मिठो मसिनो खाँदै खुवाउँदै तराई मधेसमा ‘फगुवा’ मनाइँएको छ। होलीलाई प्रेम र सद्भावको पर्व भनिन्छ। बिहीवार वीरगन्जमा होली मनाइए पनि यस पर्वमा मांसाहारको बिशेष प्रचलन रहेकोले बिहीवार कतिपय मानिसहरुले माछामासु नखाने भएका कारण यसपालि होली शुक्रवारसम्म निरन्तरता पाउने भएको छ। होलीको आफ्नो बिशेष किसिमको लोक संगीत भोजपुरीभाषी समाजमा प्रचलित रहेको लोकसंस्कृतिका जानकार उमाशंकर दधिची बताउँछन्। वीरगन्जका सडक र चोकहरुमा लाउड स्पीकर बजाएर नाँचगान गर्दै मानिसहरुले रंग अबिर साटासाट गरे भने गाउँतिर होरी गाएर होली मनाइएको छ।

बर्ष दिनको रिसराग त्यागेर मानिसहरुले सम्बन्धलाई नवीकरण गर्ने समाजिक प्रचलन रुपमा लोकसंस्कृतिका जानकारहरुले होलीलाई अथ्र्याउने गरेका छन्। निधारमा अबिर दल्ने क्रममा मित्र वा शत्रु भनेर छुट्याइँदैन, अबिर लगाएपछि अंकमाल गर्ने चलन छ। अंकमालभित्र पुराना बैरभाव समाप्त हुने विश्वास छ। ‘पुराना झै झगडा र शत्रुतालाई समेत होलीको अवसर पारेर भद्र भलाद्मीहरुले मिलाइदिने गरेका छन्’, वीरगन्ज श्रीपुरका स्थानीय अगुवा सुन्दर कुर्मीले भने, ‘दुबै पक्षलाई होलीमा खानको लागि निम्तो दिएर बोलाउने र रंग अबिर साटासाट गराएर दुबै पक्षलाई मिलाएर पठाउने गरी धेरै वटा बिवाद मिलाउन मैले आफै पनि सफलता पाएको छुँ।’

गाउँतिर माहाशिवरात्रिपछि होली आउन १५ दिन बाँकी रहे पनि त्यसको भोलिपल्ट देखि हरेक साँझ गाउँ–गाउँमा फागुको लोकगीत ‘होरी’ जम्न सुरु हुन्छ। होलीका दिन गाउँभरी घुमी घुमी होरी गाइन्छ। बाह्रमासा धुन बिशेष लोकप्रिय छ। साँझ चैतावर गाएर होलीलाई एक बर्षको लागि बिदा गरिन्छ। होलीका दहनको लागि शिवरात्रीको अर्को दिनदेखि ‘समद’ जम्मा गर्ने पनि चलन छ। ‘समद’मा पराल, दाउरा र काम नलाग्ने बस्तुहरु जलाउनका निम्ति राखिन्छ। सहरी क्षेत्रमा भने होलिका दहनकै दिन ‘समद’ बनाइन्छ। 

फागुन शुक्लपक्ष चतुर्दशीको दिन बुधवार होलीका दहन गरेर तराई मधेशको होली अर्थात ‘फगुवा’ सुरु भएको थियो। भक्त प्रह्लादलाई जलाएर मार्ने परपञ्च असफल भएको पौराणिक कथाको सम्झनामा होलिका दहन गर्ने चलन छ। स्थानीय बोलीमा भनिने होलिका जलाएपछि ‘अपसगुन’ र ‘खराब बृति’हरुको जलेर नस्ट हुनुका साथै नवीन महोलको सुरुवात हुने मान्यता छ। ‘समद’को आगोमा पोलेको अनाज गोठमा झुण्डाएपछि गाईबस्तुलाई कुप्रभावाट रक्षा हुन्छ, भन्ने मान्यता छ। मारवाडी समुदायले समदलाई बिशेष महत्वसाथ पुजा गर्छन। र, भोलिपल्ट फागु पूर्णिमाको दिन स्नेह मिलन गरेर एक आपसमा शुभकामना आदानप्रदान गर्दछन्। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App