भ्रष्टाचार रोक्न सरकार कठोर बन्छः मन्त्री बस्नेत

बिहिबार, ०७ चैत २०७५, १८ : ५२ नागरिक

काठमाडौं– वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले सरकारले सुशासनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्। भ्रष्टाचार अन्त्य तथा सुशासन कायम गर्न सरकारले कठोर नीति लिएको उनको भनाइ थियो। 

सुशासन कायम गर्न सरकारले कसैसँग नकारात्मक खालका सम्झौता नगर्ने मन्त्री बस्नेले स्पष्ट पारे। ‘सुशासनका क्षेत्रमा रहेका नकारात्मक चिन्तन, प्रवृत्ति र व्यवहारलाई नियन्त्रण गर्न सरकारले कठोर कदम चालेको छ’, विश्व वन दिवसका अवसरमा बिहीबार बबरमहलस्थित वन परिसरमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले भने, ‘सुशासका लागि सरकारका तर्फबाट कुनै पनि नकरात्मक खालका सम्झौता हुँदैन।’ 

वनलाई समृद्धिसँग जोड्ने गरी सरकारका काम केन्द्रित गरिएको चर्चा गर्दै विदेशबाट काष्ठजन्य सामग्री आयात बन्द गरिने उनले बताए। मुलुकको ५४ प्रतिशत भू–भाग वन क्षेत्रले ओगटेको चर्चा गर्दै उनले मन्त्रालयले संरक्षण, उपयोग र लाभको सन्तुलित प्याकेज अघि सारेर वन व्यवस्थापन गर्ने योजना बनाएको जानकारी दिए।

संरक्षणबाट मानिसको जीवनमा प्रत्यक्ष लाभ मिल्ने अनुभूति जनस्तरमा गराउन नसकिए दिगो संरक्षण नहुनेमा सम्बद्ध सबै पक्ष सचेत हुनुपर्नेमा उनले जोड दिए। ‘मानिसमा वन समस्या होइन, बाँच्नका लाग अत्यावश्यक सर्त हो भन्ने कुरा जनतालाई बुझाउन सकिएन भने दिगो संरक्षण सम्भव छैन’, उनले भने, ‘वन बिना जीवन सम्भव छैन भन्ने कुरा व्यवहारतः बुझाएर मानिसले वनलाई सधैं माया गर्ने वातावरण सिर्जना गर्नुपर्छ।’ वन, पर्यटन र हाइड्रो नेपालको समृद्धिको आधार भएको उनले बताए।





यसमा तपाईको मत

अन्य समाचार

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

नेपाली बजारमा उपलब्ध भएका र लगभग ३० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad