७ वैशाख २०८१ शुक्रबार
राजनीति

'परिवर्तन उट्याउने अधिकार कसैलाई छैन'

काठमाडाैं - कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले परिवर्तनलाई उल्ट्याउने अधिकार कसैलाई नभएको बताएका छन्।

जीपी स्मृतिमा माइतघरमा आयोजित दीप प्रज्वलन कार्यक्रममा उनले प्राप्त उपलब्धिलाई उल्ट्याउने शक्तिलाई निस्तेज पार्ने बताएका हुन्। उनले भने, ‘प्राय सीके राउतको सन्दर्भ होस् या विप्लवको होस्, संविधानविपरीत जान खोज्नेलाई निस्तेज पार्नुपर्छ।’

परिवर्तनविरुद्ध मेरो पार्टीभित्र उठेको कुराको पनि विरोध गर्न सक्नुपर्ने उनले बताए। उनले जीपी कोइराला संयोजनकारी नेता भएको बताए। कांग्रेसले मात्र नभई तत्कालीन विद्रोही प्रचण्ड समूहले पनि जीपीलाई सम्झनुपर्ने बताएका थिए।

संविधान तोडमोड गर्ने र संविधानविपरीत जनमतसंग्रहका कुरा आफूहरुलाई मान्य नहुने उनले बताए। साथै उनले यो सरकारले संविधान रक्षा गर्न नसकेको आरोप लगाए।  

प्रकाशित: ७ चैत्र २०७५ १३:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App