coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

होली खेल्ने क्रममा विवाद, रौतहटमा गोली चल्यो

रौतहट - रौतहटको गजुरा नगरपालिकामा बिहीबार होली खेलिरहेको अवस्थामा विवाद भएपछि प्रहरीले गोली चलाएको छ। होलीमा मटका फुटाउने क्रममा दुई पक्षबीच विवाद भएको थियो। 

स्थानीय महिलाहरुले मटका फुटाउने कार्यक्रमको तयारी गरिरहेको वेला अर्को समूहले आएर जबरजस्ती मटका फुटाएको थियो। विवाद गाउँ तनावग्रस्त बनेको थियो। नेपाल प्रहरी र सशस्त्रको टोली घटनास्थल पुगी स्थितिलाई नियन्त्रणमा लिन र दुई पक्षलाई तितरवितार पार्न खोज्दा नआएपछि प्रहरीले गोली चलाएको हो।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड अश्रुग्याँस छाडिएको र अहिले स्थिति नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले जानकारी गराएका छन्। घटनामा संलग्नको आशंकामा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। घटनामा केही महिलालाई सामान्य चोटपटक लागेको छ। 

प्रकाशित: ७ चैत्र २०७५ १२:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App