८ वैशाख २०८१ शनिबार
भिडियो

पर्यटन क्षेत्रमा काम गर्ने मजदूरहरु आन्दोलीत

काठमाडौं– 

सरकारले सन् २०२० लाई पर्यटन बर्षको रुपमा मनाउने घोषणा गरेको छ । जस अनुसार १५ लाख पर्यटकलाई भित्र्याउने सरकारको लक्ष्य छ । तर भ्रमण बर्ष मनाउने सरकारको तयारी भै रहदा पर्यटन संग प्रत्यक्ष सरोकार राख्ने मजदुरहरु भने आन्दोलित भएका छन् । पर्यटन क्षेत्रसंग सरोकार राख्ने मजदुरका समस्या बारे सम्बन्धित सरोकारवालाहरुले वेवास्ता गरेको भन्दै चरणबद्ध रुपले आन्दोलित बनेका हुन् । 

यसरी आन्दोलित हुनेहरुमा नेपाल ट्रेकिङ, ट्राभल्स, ¥याफ्टिङ, एअरलाईन्स, संस्कृति पुरातात्वीक क्षेत्रमा काम गर्ने मजदूरहरु रहेका छन् ।  राष्ट्रिय निकुञ्जहरुले श्रमिकसंगै उठाउदै आएको करको खारेजी, एकल पदयात्रा अनुमतिपत्र खारेज, आपतकालिन उद्दारमा निरीक्षणमा समस्या विमा र सेवा सुविधा एकिन लगाएतका माग राखेका छन् । 

मजदुरहरुले उठाउदै आएको मागको बिषयमा पर्यटन ब्यवसायीहरुको छाता संगठन  टान, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड लगाएतका सारोकावाला निकायसंग पटक–पटक भएका सहमती समेत कार्यान्वयन हुन नसकेको उनीहरुको भनाई छ । पर्यटन क्षेत्रमा संलग्न मजदूरहरुको आन्दोलित हुदा यसको प्रत्यक्ष असर भने नेपाल भ्रमण बर्ष मनाउने सरकारको निर्णयलाई प्रभावित पार्न सक्छ । त्यसैले मजदुरहरुको हक अधिकारलाई सम्बोध गर्दै पर्यटन क्षेत्रलाई ब्यवस्थित गर्न सके मात्र नेपाल भ्रमण बर्षले सार्थकता पाउन सक्ने छ । 

प्रकाशित: ७ चैत्र २०७५ ११:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App