स्मृतिमा गिरिजाप्रसाद–४

गिरिजाप्रसाद : जो विगत सम्झिरहन्थे

बिहिबार, ०७ चैत २०७५, १५ : ११ नागरिक

– हरि शर्मा 
गिरिजाप्रसाद कोइरालालाई मानिसहरूले फरक फरक तरिकाले अथ्र्याए। कसैका लागि उहाँ चतुर राजनीतिक खेलाडी हुनुहुन्छ भने कसैका लागि औसत राजनीतिज्ञ। कसैले उहाँलाई कोइराला परिवारले स्थापित गरिदिएको पात्रको बुझे, कसैले स्वंय–निर्मित व्यक्तित्व। उहाँलाई विभिन्न तरिकाले बुझ्ने प्रयत्न गरिएता पनि सग्लो बुझाइ भने भएको पाइँदैन।

कोही पनि व्यक्तिको सामाजिक जीवन र कार्यपद्धतिलाई उसको हुर्काइ, सम्बन्ध, संगत, व्यक्तिगत आचरण, स्वभाव आदिको बोधबिना बुझ्न सकिँदैन। गिरिजालाई पनि यिनै सन्दर्भबाट बुझ्नुपर्छ। लामो समय उहाँनिकट रहेर काम गर्दा उनलाई मैले विभिन्न परिस्थितिमा देखेँ। अनेक आयाममा भेटेँ। उहाँको इतिहास बुझेँ। त्यही आधारमा उहाँको व्यक्तित्वबारे मेरा धारणा निर्माण भए। 

रिफ्लेक्टिभ स्वभाव

२०४८ सालतिर गिरिजाप्रसाद कोइराला पहिलोचोटि प्रधानमन्त्री भएको बेला थियो। म उहाँको निजी सचिव थिएँ। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा दिनहुँ तीन–चार सय मानिसको भीड लाग्थ्यो। गिरिजा सकेसम्म सबैसँग भेट्नुहुन्थ्यो। एक बिहान यस्तै भीडमा उभिरहेको मानिसलाई देखाउँदै भन्नुभयो – ‘उनलाई मलाई भेटेर जानु भन्नू है।’

म ती मानिस भएठाउँ गएँ। सामान्य सर्ट–पाइन्टमा थिए उनी। सर्टको कलरमा कलेटी परिरहेथ्यो। अलि वृद्ध देखिन्थे। अचम्म लाग्यो, प्रधानमन्त्रीजस्तो मानिसले उनलाई किन भेट्न खोजेको होला? 

गिरिजाको स्वभाव यस्तै थियो। बडो रिफ्लेक्टिभ (विगततिर फर्किरहने स्वभावका)  हुनुहुन्थ्यो। अगाडि बढिरहने हुनाले कहिलेकाहीँ अडिने बानी थियो उहाँमा। आफू कहाँबाट आएँ भन्ने ख्याल गर्नुहुन्थ्यो। 

मैले उनलाई प्रधानमन्त्रीले कुर्न भन्नुभएको छ भन्ने सन्देश दिएँ। सबैजना गएपछि उनलाई गिरिजासँग पु-याएँ। गिरिजाले एउटा लिफाफामा केही पैसा दिँदै मलाई इंगित गर्दै भन्नुभयो, ‘अबदेखि मलाई भेट्नुपर्दैन हरिबाबुलाई भेटे पुग्छ।’ पछि खाना खानेबेलामा गिरिजाले मलाई ती मानिसबारे बताए।

उनी २००७ साल पहिले बीपीहरु जेल पर्दा चौकीदार रहेछन्। बीपीहरु खद्दरको दौरा लगाउने। धोएपछि कच्याककुचुक पर्ने रहेछ। उनले लोटामा कोइला राखेर ल्याइदिँदा रहेछन्। त्यसैले आइरन गरेर बीपीहरु कपडा लगाउँदा रहेछन्। पछि बीपी प्रधानमन्त्री भएपछि उनलाई अर्दली बनाएछन्। पञ्चायत सुरु भएपछि सबैको सम्बन्ध छुट्यो। सबै कता–कता भए। तर, ती मानिसलाई गिरिजाले ०४६ पछिसम्म पनि सम्झिरहनुभएको रहेछ। 

गिरिजाको स्वभाव यस्तै थियो। बडो रिफ्लेक्टिभ (विगततिर फर्किरहने स्वभावका) हुनुहुन्थ्यो। अगाडि बढिरहने हुनाले कहिलेकाहीँ अडिने बानी थियो उहाँमा। आफू कहाँबाट आएँ भन्ने ख्याल गर्नुहुन्थ्यो उहाँ। त्यस्तै एउटा प्रसंग सम्झिन्छु। 

स्थानीय निर्वाचनको वेला थियो। डडेलधुरा जान हिँडेका थियौँ। शेरबहादुर देउवाको चुनावीसभामा भाषण गर्ने योजना थियो। हेलिकप्टरमा थियौँ, बेस्सरी आँधीहुरी, पानी पर्याे। उडान रोकियो। गिरिजा भने घडी हेरिरहेका थिए। पूर्वमा अलिकति मौसम खुल्यो भने डडेलधुरा गएर बस्ने र बिहानै सभामा भाषण गर्ने योजना थियो। लुगाफाटो केही पनि लगेको थिएन।

‘पाइलटले लग्यो भने लग्यो हजुरको एन्जाइटीले काम गर्दैन’, भनेँ मैले। 
‘त्यो त हो’ भन्दै बसिरहनुभयो। 
मौसम खुल्नासाथ हामी १० मिनेटको फ्लाइटमा बैतडीबाट डडेलधुरा पुग्यौँ। झमझम पानी परेको थियो। सीडीओकोमा हामी बस्यौँ। उहाँले बिहान लगाएर बेलुका फुकालेपछि त्यो लुगा धोएपछि मात्र लगाउनुहुन्थ्यो। अब उहाँले फेर्ने लुगा छैन। बजार निस्कियाँै। मलाई थाहा थियो, उहाँलाई एकदमै सफा चाहिन्छ। 
हिँड्ने बेलामा भन्नुभयो,  ‘हरिजी अलि धेरै ल्याउनुस् है।’
झोंक पनि चल्यो, हावाहुरी चलेको छ। एक जोर पाइए ठूलो कुरा। फर्केर आएर कपडा दिएँ। 
बिहान ४ बजे चिया खाने बानी थियो। भोलिपल्ट बिहानै आउनुभयो। 
‘हिजो मदेखि रिस उठ्यो हो ?’सोध्नुभयो। 
‘हैन, छैन’, भनेँ । 
‘तपाईं अलि झोंक्किँदै जानुभएको थियो’, भन्नु भयो। 
‘त्यो त हो, पानी परेको थियो’, भनेँ। 
‘अलि धेरै ल्याऊ भनेर तपाईंलाई रिस उठेको हो?’ सोध्नुभयो। ‘हो त’ भनेँ। 
उहाँले भन्नुभयो– ‘म त सबैभन्दा कान्छो छोरो। म जन्मिँदा त मेरो बुवा एक्जाइलमा (निर्वासनमा) हुुनुहुन्थ्यो। सधैं जड्यौरी लगाएर हुर्किएँ। 
मैले कहिले पनि नयाँ लुगा लगाइनँ। अनि मैले भने, ‘म जुन दिन सक्छु हरेक दिन लुगा फेर्छु। यो थियो गिरिजाको स्वभाव। विगत सम्झिरहने। एकदमै इमानदार पनि। म दिल्ली जाँदाखेर उहाँले सेतो क्रिम कलरको भेलाको लुगा ल्याउन लगाउनुुहुन्थ्यो। थान किनेर ल्याउनुपथ्र्याे। एकैपटक १०÷१२ वटा दौरासुरुवाल बनाउनुपथ्र्याे। के गरेको होला यो भन्थेँ। 

गिरिजाप्रसाद भन्नुहुन्थ्यो– हरेक मान्छेमा अनफुलफिल डिजायरहरु (अपूरा इच्छाहरु) हुन्छन्। त्यसलाई पब्लिक लाइफमा प्रस्तुत गर्ने वा नगर्ने आआफ्नो कुरा हो। मान्छे पब्लिक पनि हुन्छ, नितान्त व्यक्तिगत पनि हुन्छ। 


‘अहिले त म सक्छु। लुगा फेर्न मलाई कुनै गाह्रो छैन। तपाईंहरुले ल्याइदिनुहुन्छ। अरूले ल्याइदिन्छन्’, उहाँ भन्नुहुन्थ्यो। एकदम रिफ्लेक्टिभ स्वभाव थियो। र थियो इमानदारी पनि। त्यति सामान्य कुरा त मलाई नभन्दा पनि हुन्थ्यो नि।

खाने कुरामा पनि त्यस्तै। अति थोरै खानुहुन्थ्यो। खानेचाहिँ हामीले खाने एक गाँसभन्दा पनि कम हुने। तर, आधा घण्टा लगाएर खाने। उहाँलाई ‘स्विट डिस’ जहिले पनि चाहिन्थ्यो। त्यो स्विट, डेजर्ट भएन भने चिनी माग्नुहुन्थ्यो। भन्नुहुन्थ्यो, ‘हरिजी यो सानो चिनीको क्रिस्टल किटिककिटिक टोक्दा कति आनन्द आउँछ।’  

सो एप्रिसियटिभ अफ फुट एन्ड लाइफ। यसो सम्झिँदा त जीपी कोइराला त ड्राई मान्छे हो नि। तर त्यस्तो हुनुहुन्थेन। भन्नुहुन्थ्यो, ‘आमाले पूजा गर्दा जहिल्यै पनि नैवेद्य कहिले खान पाइन्छ भनेर कुर्थेँ, अहिले खाँदै गर्दा म आमा सम्झन्छु।’ चिनीको क्रिस्टललाई टुक्राउँदाखेरको जुन साउन्ड, स्विटनेसदेखि चाइल्डउडदेखि लिएर हरेक कुरामा इन्जोय गर्नुहुन्थ्यो।

उहाँ भन्नुहुन्थ्यो – हरेक मान्छेमा अनफूलफिल डिजायरहरु (अपूरा इच्छाहरु) हुन्छन्। त्यसलाई पब्लिक लाइफमा प्रस्तुत गर्ने वा नगर्ने आ–आफ्नो कुरा हो। मान्छे पब्लिक पनि हुन्छ, नितान्त व्यक्तिगत पनि। 

कोइराला हाउसहोल्डमा ठूलो मान्छेलाई पाक्ने र सानो मान्छेलाई पाक्ने भन्ने नै थिएन। प्रधानमन्त्री हुँदा पनि त्यस्तै थियो। कोइराला परिवारमा नाेना कोइराला हुँदासम्म कोही पनि मान्छे गेटबाट छिरेपछि भान्सामा गएर खाएर हिँड्ने चलन थियो। हामीले जान्दासम्म थियो, पछिसम्म पनि थियो। 

प्रधानमन्त्रीलाई केही पनि स्पेसल हुँदैन थियो। अगाडि टेबलमा जे राखेको छ त्यसको एप्रिसियसन गर्नुहुन्थ्यो। जीवनको एप्रिसियसन, फुड, क्लोथबाट गुर्नहुन्थ्यो। बाहिरबाट हेर्दा ड्राई देखिने मान्छे, अमेजिङ थियो।

एउटा सिनेमा ३/४ दिन लगाएर हेर्नुहुन्थ्यो। कुनै कुनै बेलाचाहिँ आफ्नो लामो एक्जाइलको सन्दर्भमा आएको कुनै पनि कुरालाई जहिल्यै पनि लर्निङ पर्सपेक्टिभमा हेर्नुहुन्थ्यो। ‘त्यतिखेर त्यस्तो भएको थियो, यसले के बतायो मलाई?’ भनेर गमिरहनुहुन्थ्यो।

क्रान्तिको उत्पादन

गिरिजाप्रसाद कोइराला दुईवटा क्रान्तिको उत्पादक हुनुहुन्थ्यो, ००७ साल र ०४६ साल। दुवै क्रान्तिमा नेपाली कांग्रेसले सशस्त्र संघर्षको अभ्यास पनि गरेको थियो। पहिलो अभ्यास सफल भयो। दोस्रोचाहिँ असफल। त्यही क्रान्तिले गिरिजामा परिपक्वता निर्माण गरेको थियो। 

रिभोल्युलसनरी टाइम (क्रान्ति काल) कम्प्रोमाइजिङ टाइम हो। त्यो समयमा मान्छेलाई फकाउने, घुक्र्याउने ढाँट्ने सबैथोक गुर्नपर्ने, कम्प्रोमाइजिङ टाइम गर्नुपर्छ। गिरिजाले पनि गर्नुभयो। 

एक जना कोही बीडी शर्मा भन्ने थिए। झोँसेमा। तीचाहिँ होटल चलाउँथे। ती पछि ड्रग्समा पक्रिए। ड्रग्स र हतियारको सम्बन्ध त सबैलाई थाहा हुन्छ। तिनी एकदिन प्राइमिनिस्टर क्वार्टरमा भेट्न आए जेलबाट। बाहिरतिरका मान्छेले भने, ‘ती त ड्रग्समा पक्डेका मान्छे हुन्। प्राइमिनिस्टरले किन भेटेको होलान्?’ 

‘हिजो मलाई सहयोग गर्ने बेला यो ड्रग्समा थियो भनिन त। अहिले उनले त्यो गर्नु भएन। तर हिजोको कुरा मैले कसरी बिर्सेने?’ भन्नुभयो उहाँले । यस्तोखाले प्रवृत्ति अहिलेका लिडरहरुमा मैले देखेको छैन। २००७ सालको क्रान्तिको डकुमेन्टेसनचाहिँ त्यो वेलाको चेतनाको स्तरले, परिपाटीले अहिलेभन्दा कम डकुमेन्टेसन हुनुपर्ने हो। तर पछिल्ला क्रान्तिको सूचना त्यतिबेलाको भन्दा कम छ। कारण, बीपी र जीपी दुवैले ढाँट्नुभएन। उहाँले सबैजसो सूचना दिनुभएको छ। 

हतियार कहाँबाट आयो ? पैसा कसले दियो ? महावीर शमशेरको प्लेन थियोदेखि यावत भन्नुभएको छ। तर, अहिलेको क्रान्ति कतिको पारदर्शी छ त? क्रान्तिको पारदर्शीताले क्रान्तिलाई सहभागीमूलक बनाउँछ। त्यसले आशा जन्माउँछ। त्यही नहुँदा माओवादी क्रान्तिले त्रास सिर्जना गरेको छ। 

गिरिजााको संगतबाट मैले सिकेँ, क्रान्तिकारी नेता चिन्तनशील हुनुपर्ने रहेछ। उहाँ हुनुहुन्थ्यो। भविष्यका लागि लडेको नेताले कहिलेकाहीँ रोकिएर हेर्नुपर्ने रहेछ। 

म कहाँबाट आएँ । मैले के गरेँ। मान्छेलाई मैले के भनेँ। समयको फिलोसोफिकल प्रश्न के थियो। दुविधाहरु के थिए। यस्तै यस्तै तरिकाले विगतलाई हेर्नुपर्ने रहेछ। गिरिजाले त्यहीँ गर्नुहुन्थ्यो। गिरिजाको चिन्तनशील स्वभाव उहाँको व्यवहारमा झल्किन्थ्यो। उहाँ कहिल्यै कुनै पनि घटना एकैपटक भन्नुहुन्थेन। जस्तो राजासँग भेटेर आउनुभयो भने अन्तरंग मान्छेहरुलाई पनि सबै कुरा भन्नुहुन्थेन। कति भन्ने, के भन्ने सोचिरहनुहुन्थ्यो। २४सै घण्टा राजनीतिज्ञ हो उहाँ। बिहान ४ बजेदेखि बेलुका ९ बजेसम्म राजनीतिबारे सोचेर बस्नुहुन्थ्यो। 

नेतृत्वमा उदय

२०५६ सालको निर्वाचनमा गिरिजाको नेतृत्वमा कांग्रेसले १ सय १३ सिट जितेपछि बल्ल उहाँ नेतृत्वमा स्थापित हुनुभएको हो। त्यो बेला गणेशमान सिंह पनि हुनुहुन्थेन। किशुनजी (कृष्णप्रसाद भट्टराई)ले आफ्नो बाटो गरिसक्नुभएको थियो। त्यसैले गिरिजाप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला भएको ७५ वर्षको उमेरमा हो। एउटा लामो यात्रा हिँडेपछि उहाँ बल्ल नेतृत्वमा आउनुभयो। 

त्यहीँबाट उहाँमा आत्मविश्वास पनि निर्माण भयो। अनि राजनीतिकै मियो हुनुभयो। ०६२/६३ सम्म आइपुग्दा त त्यो आत्मविश्वास र अनुभवव पनि बलियो भयो। त्योभन्दा अगाडिको समय उहाँको निर्माणको समय हो। बीपी कोइरालापछि ट्रोयकाले पार्टी चलाउने भनियो। ट्रोयकामा गणेशमान, किशनुजी र गिरिजा हुनुहुन्थ्यो। क्रमबद्धतामै उहाँ तेस्रोमा हुनुहुन्थ्यो। तर ०४६ सालको निर्वाचनमा किशुनजी हार्नुभयो मदन भण्डारीसँग। 

गणेशमानजीले निर्वाचनमा भाग नै लिनुभएन। तेस्रो लहरमा भएको गिरिजाजी एकाएक पार्टी लिडर हुनुभयो। र बहुदल आएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री हुनुभयो। गिरिजालाई आफ्नो यो भूमिका महसुस गर्न नै समय लाग्यो। यो महसुस नहुँदा उहाँले औपचारिक प्रक्रियामा जान पनि कन्जुस्याइँ गर्नुभयो। ०४८ सालको निर्वाचनपछिको संसद्मा उहाँको नेतृत्वलाई नेपाली कांग्रेसकै ३६ जना सांसदले चुनौती दिए। हामीले उहाँलाई भन्यौँ, ‘ह्वाइ नट यु गो फर पार्लियामेन्टरी पार्टी इलेक्सन?’ (तपाईं किन संसदीय दलको निर्वाचनमा नजाने?) तर उहाँ त्यो परीक्षणमा जान चाहनुभएन। किनभने उहाँ त ट्रोयकाबाट स्थापित नेतृत्व हुनुहुन्थ्यो। म वैधानिक नेता हुँ किन परीक्षणमा जाऊँ भन्ने सोच थियो। 

मलाई लाग्छ, गिरिजाले प्रजातान्त्रिक प्रक्रिया अवलम्बन गर्न चुकेको क्षण नै यही थियो। खासमा क्रान्तिपछि वैधानिक प्रक्रियामा जाँदा यस्ता समस्या आउँछन्। क्रान्तिले एक किसिमको सुगमता प्रदान गरेको हुन्छ। क्रान्तिकालमा नेतृत्वको निर्माण सहमतिको आधारमा भएको हुन्छ। त्यहीँ सुगमता थियो गिरिजामा पनि। 

सुगमता के थियो भने तीन जना नेता बीपीले स्थापित गर्नुभएको थियो। त्यसैमा म छु। त्यसैले नेतृत्व त मैले विरासतमै पाएको हुँ भन्ने थियो। उहाँले यस्तो नसोच्नुभएको भए संसदीय दलको निर्वाचन गरेर आफूलाई स्थापित गर्न सक्नुुहन्थ्यो। 

०५६ देखि ०५९ सालसम्मको समय भने विस्थापनको राजनीतिको समय थियो। राजा, माओवादी र संसदीय दल एकअर्कालाई विस्थापन गर्न चाहन्थे। त्यो राजनीति १२ बुँदे सहमतिमा गएर टुंगियो। 

कहाँ खेल्ने गिरिजालाई थाहा थियो 

गिरिजाको अर्को क्षमता थियो, अन्तर्राष्ट्रिय परिस्थिति बुझ्न सक्ने खुबी। शीतयुद्धकालमा हुर्केको भएर होला उहाँले अमेरिका, चीन, भारतको स्वार्थ के छ भन्ने बुझ्नुहुन्थ्यो। शान्ति प्रक्रियाकालमा आउँदासम्म उहाँ भूराजनीतिमा एकदमै चासो राख्ने हुनुभएको थियो। त्यसैले भारतलाई शान्ति प्रक्रियामा प्रवेश गराउन चाहनुभएन। 

नेपालकाे शान्ति प्रकृयामा भारत अल्झियो भने उसलाई निकाल्न गाह्रो हुन्छ भन्ने उहाँको बुझाइ थियो। भारत त प्रत्यक्ष स्वार्थ भएको देश हो त्यसैले उसलाई यहाँ अल्झिन दिनुहुँदैन भन्नुहुन्थ्यो। त्यहीँ भएर नै संयुक्त राष्ट्र संघको ठूलो सपना देखाइदिनुभयो। 

त्यतिबेला सिटी हलमा उहाँले एउटा भाषण दिनुभएको छ। त्यो भाषणमा उहाँले त्यसवेला उहाँले बोलेको एउटा कुरा महत्वपूर्ण थियो –‘आई डन्ट थिङ्क इन्डिया उड कम्प्लिकेट माओइस्ट इन्सर्जेन्सी इन नेपाल। इट इज नट देयर इन्ट्रेस्ट ।’ (मलाई लाग्छ भारतले नेपालमा माओवादी विद्रोहलाई जटिल बनाउने छैन। यो उनीहरुको रुचिको विषय होइन।)

कहाँ कसरी कतिबेला खेल्नुपर्छ भन्ने उहाँलाई राम्रोसँग थाहा थियो। त्यसको उदाहरण ०६२/६३ को आन्दोलन नै हो। ०६३ वैशाखका सुरुवाती दिन। काठमाडौं जलिरहेको थियो। म ती दिन सम्झिन्छु। सतिनविन्द्रा भन्ने बीबीसीका पत्रकार नेपाल आएर अमेरिकी राजदूत जेम्स मोरियार्टीसँग अन्तर्वार्ता गर्छन्। मोरियार्टी जस्तो कन्जरभेटिभ एम्बास्डरले भन्छन्, ‘नेपालको राजाले चाँडै जनताको कुरा सुनेनन् भने भियतनाममा अमेरिकाको हर्कत भएजस्तो हुन्छ।’

त्यो अन्तर्वार्ता दिउँसो साँढे २ बजे बज्छ। फेरि साँढे ४ बजेतिर बज्छे। त्यसको अघिल्लो दिन (वैशाख ८ गते) भारतीय दूत करण सिंहले राजालाई भेटेका हुन्छन्। 

राजालाई भेटेर भारत फर्किँदै गरेका करण सिंहले गिरिजालाई भेट्छन्। उनले राजा ज्ञानेन्द्रसँगको वार्तालाप सुनाउँछन्। राजाले करणलाई भनेका हुन्छन्, ‘तिमी इन्डियामा थुनेका माओइस्टहरु छोडिदेऊ। म उनीहरुलाई उन्मुक्ति दिन्छु। म माओवादीसँग कुरा गर्न तयार छु, तर संसदीय दलसँग छैन।’

संसदीय दल र राजासँग वार्ता गराउन आएका करणसिंह राजाले नमानेपछि फर्केर जान्छन्। अर्कोदिन मोरियार्टीको अन्तर्वार्ता बज्छ। काठमाडौंमा आगो बल्छ। यी सबै कुरा गिरिजाले बुझ्छन्, खेल कहाँ खेल्नुपर्छ। अन्ततः राजा सहमतिमा आउँछन्। त्यसैले भनेको उहाँ सरल हुनुहुन्थ्यो। स्ट्रेट फरवार्ड। र, रणनीतिक पनि। उनले एकैपटक धेरैजनासँग संवाद गर्न सक्नुहुन्थ्यो । न्यूनतम अडान राखेर सहमतिमा जान तयार हुन सक्नुहुन्थ्यो। 

गिरिजाको अर्को दुस्साहसी छवि 

उहाँ साहसी मात्र हैन, दुस्साहसी मान्छे पनि हो। सधैँ सम्भावनाका ढोकाहरु खोजिरहनुहुन्थ्यो। प्रधानमन्त्री हुँदा पनि माओवादीसँग वार्ता गर्न अनेक उपाय खोजिरहनुभयो। एक जना पत्रकार थिए, शक्ति लम्साल। पाटनमा बस्थे। गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री छँदै प्राइभेट गाडीमा उनलाई भ्ट्न पुग्नुहुन्थ्यो। त्यो हामीलाई पनि थाहा थिएन। पछि मेरो ड्राइभरले भनेपछि थाहा पाएँ।

भारत र राजालाई ठिक ठाउँमा राख्यो भने नेपालमा डेमोक्रेसी सुरक्षित हुन्छ भन्ने थियो उहाँमा। त्यही भएर राजाबाट हण्डर खाइसकेको नेपाली कांग्रेसले राजालाई ठीक ठाउँमा राख्नुपर्छ भन्ने त थियो, त्यसपछि इन्डियासँग। दुइटैबारे अरूलाई इन्भोल्भ गर्न चाहनुहुन्थेन त्यही भएर।

यसरी उहाँ सधैं बाटो खोजिरहने मान्छे हो उहाँ। राजनीतिको निम्ति जुक्ति निकालिरहनुपर्छ । जुक्ति खोजिरहने मान्छे हो उहाँ। ‘समथिङ इज बेटर देन नथिङ’ भन्नुहुन्थ्यो। केही न केही गरिरहनुपर्छ भन्नुहुन्थ्यो। त्यही भएर उहाँका सबै डिसिजन गुड छैनन्, तर केही डिसिजन राम्रो छ।

भारत र राजालाई ठिक ठाउँमा राख्यो भने नेपालमा डेमोक्रेसी सुरक्षित हुन्छ भन्ने थियो उहाँमा। त्यही भएर राजाबाट हण्डर खाइसकेको नेपाली कांग्रेसले राजालाई ठीक ठाउँमा राख्नुपर्छ भन्ने त थियो, त्यसपछि इन्डियासँग। दुइटैबारे अरूलाई इन्भोल्भ गर्न चाहनुहुन्थेन त्यही भएर। 

एउटा सम्झना छ मलाई। पहिलो प्रजातन्त्र दिवसको दिनजस्तो लाग्छ। टुडिखेलमा एउटा समारोह थियो। अहिलेको सहिदगेट भएको ठाउँमा, हिसिला (यमी) जीहरुले कालो भण्डा देखाउने कार्यक्रम थियो। म सैनिक मञ्चको अलि पछाडि थिएँ। ऐश्वर्या रानीचाहिँ छटपट गर्नुभयो। त्यसपछि गिरिजाबाबुले सोध्नुभयो। अनि राजाले भने, ‘त्यो पर ब्ल्याक फ्ल्याग देखाएको छ नि। सी इज डिस्टर्ब बाइ द्याट।’

गिरिजाबाबुले भन्नुभयो, ‘त्यो सरकारलाई हैन, मलाई हो। अहिले जनता र मौसुफ सरकारको बीचमा म छु। अहिले जेजति विरोध हुन्छ, त्यो मलाई हो। सरकारलाई यसै भएर त पर राख्न खोजेको नि।’
त्यसैले मेरो ठम्याइ छ, उहाँ पद्दति बुझ्नुहुन्थ्यो। 

(लक्ष्मण श्रेष्ठ र पुरुषोत्तम पौडेलसँगको कुराकानीमा आधारित ।)








यसमा तपाईको मत

अन्य समाचार

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलनसम्बन्धी सम्झौता भएको छ । ...

Ncell Footer Ad