८ वैशाख २०८१ शनिबार
समाज

मधेसमा ३ दिन होली

रौतहट – तराई मधेसमा यस वर्ष लगातार तीन दिन होली मनाइँदैछ। बुधबारदेखि मनाइन थालिएको होली शुक्रबारसम्म मनाइँदै छ। अधिकांश परिवारले आइतबार, मंगलबार र बिहीबार माछामासु नखाने तथा मदिरापान नगर्ने हुनाले होली लम्बिएको हो।

यो वर्ष हिमाली र पहाडी समुदायको होली बुधबार परेकोले सामान्यतया होली बिहीबार हुनुपर्ने हो तर, अधिकांश परिवारको घरमा माछामासु नपस्ने तथा मुख्य गरी धार्मिक क्षेत्रका बासिन्दाले बिहीबार होली नै नमान्ने हुनाले होली लम्बिएको हो।

रौतहटमा कतिपय परिवारले बुधबार होली मनाएका छन् भने कतिपय परिवारले बिहीबार होली मनाएका छन्। धेरै परिवारमा भने होली शुक्रबार मनाइँदै छ।

होली तीन दिन लम्बिएपछि सामूहिक होलीमा केही कमी आएको देखिएको छ भने होलीको सबै परिकार बनाएर खान पनि सहयोग पुगेको छ। यसैबीच जननिर्वाचित प्रतिनिधिहरूले पनि होली खुब धुमधामका साथ मनाइरहेका छन्। जनप्रतिनिधिहरूले होली सर्वसाधारणको घर घरमा पुगेर मनाइरहेका छन्।

 

प्रकाशित: ७ चैत्र २०७५ ०९:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App