coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘लगानी भित्र्याएर मात्र हुँदैन, पूर्वाधार पनि चाहिन्छ’

काठमाडौं – पूर्वअर्थमन्त्री तथा कांग्रेस नेता डा. रामशरण महतले सरकारले गर्न लागेको लगानी सम्मेलनको स्वागत गरेका छन्।

रिपोर्टस क्बल नेपालले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महतले भने, ‘सम्मेलन स्वागतयोग्य छ, तर पूर्वाधारको विकास पर्याप्त देखिँदैनन। जलश्रोत, औद्योगिक क्षेत्र, कृषि, पर्यटनजस्ता क्षेत्रमा लगानी बढाउन प्रचार गरेर मात्रै हुन्न। सडक एअरपोर्टजस्ता पूर्वाधार विकास छैन, मेलम्ची नै यतिका वर्ष लागिसक्यो।’

सरकारको ध्यान रेल र पानीजहाजमा मात्रै भएको बताउँदै उनले प्रशासनिक र कानुनी सुधार आवश्यक रहेको बताए। एकद्वार नीति भने पनि दश ठाउँ पुग्दा पनि काम नबनेको भन्दै उनले बेथिति र भ्रष्टाचार मौलाउँदै गएको बताए। कानुनी हिसाबले बलियो नहुन्जेल जति लगानी भित्रिए पनि औचित्य नहुने उनको तर्क थियो। 

प्रचण्ड सरकारले पनि लगानी सम्मेलन गरेको स्मरण गराउँदै १४०० अर्बको सम्झौता भए पनि १०० अर्ब पनि नभित्रिएको बताए। लगानी सम्मेलन नभित्रिनुको कारण अध्ययन गर्नुपर्ने बताउँदै उनले सरकारको कदम ठीक भएको तर, पूर्वाधार राम्रो नभएको बताए। स्वदेशी लगानीकर्तालाई प्रोत्साहन नभएको प्रति उनले गुनासो गरेका थिए। 

 

प्रकाशित: ७ चैत्र २०७५ ०८:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App