८ वैशाख २०८१ शनिबार
अर्थ

नगर बसको अध्यक्षमा फेरि मगर

काठमाडौं – नेपाल यातायात स्वतन्त्र मजदुर संगठन नगर बस एकाइको १४औं अधिवेशन बुधबार सम्पन्न भएको छ। अधिवेशनले दिपक रुचाल मगरलाई अध्यक्षमा पुनःनिर्वाचित गरेको छ। 

उपाध्यक्षमा रामप्रसाद उप्रेती, सचिवमा जीवन रानामगर, सह–सचिवमा मनोज मर्हजन र कोषाध्यक्षमा रमेश तामाङ चुनिएको संगठनले जनाएको छ। सदस्यहरुमा राजन गिरी, डोरबहादुर रिमाल, ओमनारायण श्रेष्ठ, निरबहादुर गुरुङ, कुमार खत्री र केशव बुढाथोकी चुनिएका छन्। 

त्यस्तै, संयुक्त यातायात एकाइको अधिवेशनले अध्यक्षमा विष्णुप्रसाद अधिकारी, उपाध्यक्षमा पवन देवकोटा, सचिवमा चन्द्रकुमार नगरकोटी, सहसचिव अनिष गुरुङ र कोषाध्यक्षमा पुरुषोत्तम अधिकारीलाई चयन गरेको छ। सदस्यहरुमा रेशम कार्की र विरु भुजेल चुनिएका छन्।  

अधिवेशको उद्घाटन नेपाल ट्रेड युनियन महासंघ जिफन्टका केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठले गरेका थिए। कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले सरकारले सामाजिक सुरक्षा कोषमार्फत सम्पूर्ण मजदुर वर्गमा पेन्सनको व्यवस्था गरेको बताए। श्रेष्ठले गाडी चलाउने चालकले पनि देश चलाउने उद्देश्य राख्नुपर्ने बताए। उनले मजदुर अधिकारको पक्षमा २००३ सालमा मनमोहन अधिकारी र गिरिजाप्रसाद कोइरालाले सुरु गरेको संघर्ष अझै जारी रहेको भन्दै रुपान्तरण मजदुर वर्गको श्रमशक्तिबाट मात्रै सम्भव रहेको बताए। 

अध्यक्ष श्रेष्ठले यातायात क्षेत्रका समस्या हटाउन सिन्डिकेट हटाइएको भन्दै सबै यातायात व्यावसायीलाई जेठ मसान्तसम्म कम्पनीमा जान आग्रह गरे। कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ जिफन्ट ३ नम्बर प्रदेश अध्यक्ष रामहरि नेपाल, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसी, दिपक अधिकारी, नेपाल यातायात व्यवसायी महासंघ ३ नम्बर प्रदेश संयोजक धर्मराज रिमाल, उपत्यका स्वयम्भु बस सेवा समितिका अध्यक्ष रामकृष्ण न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले नियमित ट्रिप शुल्क तिर्ने रामसिंह तामाङ र निरबहादुर गुरुङलाई नगद सहित सम्मान गरेका थिए।

 

प्रकाशित: ७ चैत्र २०७५ ०६:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App