coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सीताको उपचार जोन हप्किन्समा सुरु

अमेरिका - पत्नी सीता दाहालको उपचारका लागि अमेरिका पुगेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक भेटघाट नगर्ने भएका छन्। तत्कालीन माओवादीले सञ्चालन गरेको दश वर्षे हिंसात्मक आन्दोलनका क्रममा मानवताविरोधी अपराध भएको भन्दै संलग्नलाई कारबाही गर्ने माग उठिरहेका बेला दाहालले आफ्नो अमेरिका भ्रमणलाई पत्नीको उपचारमा केन्द्रित गर्ने भएका हुन्।

राजनीतिक कार्यक्रममा सहभागी भए विरोध हुने र भइरहेको विरोध पनि बढ्ने सम्भावनालाई मध्यनजर गर्दै अन्य भेटघाट तय नगरिएको बताइएको छ। सीताको समन्वय गरिरहेको नेपाली दूतावास स्रोतका अनुसार उपचार आरम्भ भएपछि उनी दश दिन अमेरिका बस्ने तय भएको छ।

सीताको स्वास्थ्य परीक्षणपछि कति समय उपचार गर्ने तय हुने दूतावास स्रोतले बताएको छ। उनको अमेरिकाकै तेस्रो ठूलो अस्पताल जोन हप्किन्समा उपचार सुरु भएको छ। अमेरिकाको मेरिल्याण्डस्थित जोन हप्किन्स विश्वविद्यालयले सञ्चालन गरेको अस्पताल हो। सो अस्पताल अमेरिकामा रहेका ४७ सय अस्पतालमध्ये तेस्रो ठूलो हो। सो अस्पतालको अमेरिकाभर शाखा छन् जसको अमेरिकाभर विभिन्न स्थानमा ६ ठूला अस्पताल र ४० प्यासेन्ट केयर सेन्टर सञ्चालनमा छ।

सीताको उपचार जोन हप्किन्स अस्पतालमा राखेर उपचार गर्ने वा आवश्यक पर्दा लैजाने भन्ने विषयमा टुंगो लागेको छैन। समाचार स्रोतका अनुसार वासिङटन डिसीमा रहेको नेपाली दूतावासमा बसिरहेका दाहालका परिवारले अस्पतालमा भर्ना गर्ने या नगर्ने बारे चिकित्सकको सल्लाहपछि निर्णय गर्ने बताइएको छ।

प्रकाशित: ७ चैत्र २०७५ ०६:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App