८ वैशाख २०८१ शनिबार
अर्थ

चावहिलमा महालक्ष्मी विकास बैंक

काठमाडौं – महालक्ष्मी विकास बैंक लिमिटेडले देशभर सेवा विस्तारलाई निरन्तरता दिने क्रममा सोमबार काठमाडौं महानगरपालिकाको चाबहिलमा शाखा खोलेको छ।

उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कँडेलले गरेको बैंकले जनाएको छ। उद्घाटन समारोहमा बैंक सञ्चालक समिति अध्यक्ष राजेश उपाध्याय, सञ्चालकद्वय राजेशकुमार रौनियार र रुपेन्द्र पौडेलको पनि सहभागिता रहेको थियो।

कार्यक्रमका अतिथिहरुमा विभिन्न कार्यालयका प्रमुख, व्यवसायी तथा अन्य स्थानीय रहेको बैंकले जनाएको छ। उक्त अवसरमा उपस्थित अतिथिले शुभकामना मन्तव्य व्यक्त गर्दै उक्त शाखाको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए।

उद्घाटन समारोहमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आएको र आगामी दिनमा पनि देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानमा शाखा कार्यालय स्थापना गरी सहज, सुलभ र विश्वसनीय बैंकिङ सेवाको पहुँच पुर्याउने कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए।

 

प्रकाशित: ७ चैत्र २०७५ ०६:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App