coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

जुनियर खुला टेनिस हुने

काठमाडौं – आइएमई फाउन्डेसनको आयोजनामा दोस्रो आइएमई जेटिआई ग्रान्ड जुनियर खुला टेनिस प्रतियोगिता वैशाख पहिलो साता हुने भएको छ।

प्रतियोगिता वैशाख २ गतेदेखि ७ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्टमा हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा फाउन्डेसनका सदस्य राजु पौडेलले जानकारी गराए। प्रतियोगितामा विभिन्न ५ उमेरसमूहको सिंगल्स स्पर्धामा करिब १ सय ५० खेलाडीको सहभागिता रहनेछ।

  यु–८, यु–९, यु–१०, यु–१२ र यु–१४ ब्वाइज–गल्र्स सिंगल्स गरी १० स्पर्धामा प्रतिस्पर्धा हुनेछ। नगद र गिफ्ट ह्याम्पर गरी ३ लाख २६ हजार पुरस्कार रहेको छ। त्यसमा नगद पुरस्कार २ लाख ७२ हजार रुपैयाँ छ। ब्वाइज–गल्र्सको यु–८, यु–९ र यु–१० विजेताले १२ हजार र उपविजेताले ६ हजारका दरले नगद पुरस्कार हात पार्नेछन्। ब्वाइज–गल्र्सको यु–१२ मा पहिलो हुनेले २० हजार तथा दोस्रोले १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। ब्वाइज–गल्र्सतर्फ विजेतालाई ३६ हजार र उपविजेतालाई १८ हजार नगदबाट पुरस्कृत गरिनेछ।

सामाजिक उत्तरदायित्व वहन गर्नुका साथै टेनिस खेलको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको सदस्य पौडेलले बताए। जुनियर टेनिस एसोसिएसनका तर्फबाट कृष्णराज घलेले आइएमई जस्तो सफल व्यावसायिक घरानाले खेलकुद क्षेत्र त्यसैमा पनि टेनिसको विकासमा देखाएको चासोप्रति प्रसन्नता व्यक्त गरे। खेलक्षेत्रको विकासमा सहयोग पुर्याउने एवम् बालबालिकाहरूमा खेलकुदप्रतिको सीप विकास गराउने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्दै आइरहेको छ। हामीले त्यसैलाई यो पटक पनि निरन्तरता दिएका हाैं,’ फाउन्डेसनका सदस्य राजु पौडेलले भने।

प्रकाशित: ७ चैत्र २०७५ ०२:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App