coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

रोहित र सन्दीपको अर्धशतक

विपक्षीविरूद् ब्याटिङ गर्दै राेहित पाैडेल। तस्बिर साैज्न्य : रमन शिवाकाेटी

काठमाडौं – रोहितकुमार पौडेल र सन्दीप जोराको अर्धशतकप्रेरित नेपालको यु–१९ क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा आन्ध्र प्रदेश यु–१९ क्रिकेट टोलीमाथि ६२ रनको जित निकालेको छ।

यु–१९ विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटका लागि भारत भ्रमणमा रहेको नेपाली युवा टोलीले तीन खेलको अभ्यास शृंखलामा बुधबार सुखद सुरुआत गरेको हो। २ सय ७७ रनको लक्ष्य पछ्याएको आन्ध्रको टोली ४५.१ ओभरमा २ सय १४ रनमा समेटिएपछि नेपालले विजयी सुरुआत ग-यो।

कुशल मल्ल र कमलसिंह ऐरीले कुल सात विकेट लिँदा घरेलु टोली २९ बलअगावै समेटियो। घरेलु टोलीका लागि कुनै पनि ब्याट्सम्यानले अर्धशतक पार गर्न सकेनन्। पहिलो विकेटका लागि ८५ रनको साझेदारी गर्दै राम्रो सुरुआत गरे पनि घरेलु टोलीले एकपछि अर्को विकेट गुमायो। ओपनर हर्षवर्धनको ४६ रन नै घरेलु टोलीका लागि सर्वाधिक रन थियो। पी तेजस्वीले ४३ रन र हेमन्त रेड्डीले ३८ रनको योगदान दिए।

आठौं विकेटका लागि तेजस्वीले के वङ्कटेशसँग ६५ रनको दोस्रो ठूलो साझेदारी गर्दै जित निकाल्ने संकेत गरे पनि कमलसिंह ऐरीले सफल हुन दिएनन्। घरेलु टोलीको खातामा २ सय २ रन हुँदा कमलसिंहले तेजस्वीलाई मोहम्मद असिफ शेखद्वारा क्याच आउट गराउँदै नेपालको जित पक्का गरेका थिए। त्यसपछिको दुई विकेटका रूपमा वेङ्कटेश र श्रीकरसाई रेड्डीलाई आउट गर्दै कमलसिंहले सफलता दिलाए।

नेपालको बलिङमा कुशल मल्लले १० ओभरमा दुई मेडन राख्दै चार विकेट लिँदा ४१ रन खर्चिए। कमलसिंहले ७.१ ओभरमा एक मेडन राख्दै तीन विकेट निकाले। पवन सर्राफले दुई तथा सागर ढकालले एक विकेट लिए। त्यसअघि ब्याटिङ गरेको नेपालले खराब सुरुआतका बावजुदले बलियो लक्ष्य प्रस्तुत ग¥यो। चार ब्याट्सम्यान आउट हुँदा नेपालको खातामा ४९ रन मात्र थियो। उसका शीर्ष चार ब्याट्सम्यान ऋत गौतम र रविकुमार साह समान ५ रनमा आउट हुँदा पवन सर्राफ ४ रनमा र मोहम्मद आसिफ शेख ९ रनमै पवेलियन फर्किए। यद्यपि, पाँचांै विकेटका लागि रोहितकुमार पौडेल र सन्दीप जोराले १ सय ४५ रनको साझेदारी गर्दै नेपालको इनिङ उकासे। पाँचौं विकेटका रूपमा आउट हुनुअघि जोराले दुई चौका र ६ छक्काको मद्दतमा ६९ रनको योगदान दिए।

पौडेलले ८१ रन बनाउँदा ६ चौका र एक छक्का प्रहार गरे। दशौं नम्बरमा ब्याटिङ गर्न आएका कमलसिंहले ४४ रनको योगदान दिँदा नेपालको मजबुत योगफल खडा ग¥यो। २५ बल खेलेका कमलसिंहले दुई चौका र पाँच छक्का हिर्काए। ४८औं ओभरमा अन्तिम विकेटका रूपमा आउट हुनुअघि कमलसिंहले सुरुआती ५ छक्का हिर्काएका थिए। तर, छैटौं बलमा भने उनी आउट हुन पुगे। घरेलु टोलीका लागि तेजस्वीले चार विकेट तथा वेङ्कटेश र श्रीकरसाईले चार विकेट लिए पनि नेपालको विशाल स्कोर हुनबाट रोक्न सकेनन्।   यु–१९ विश्वकप क्रिकेटको एसिया छनोटका लागि विशेष तयारी गर्न नेपाली युवा टोली टोलीले भारतको आन्ध्र प्रदेशको यु–१९ टोलीसँग ३ अभ्यास खेल खेल्नेछ।
अप्रिल दोस्रो साताबाट आयोजना हुने एसिया छनोटमा नेपालसहित ६ टोलीले चुनौती प्रस्तुत गर्नेछन्। अप्रिल १० देखि २० सम्म हुने छनोटमा नेपालसहित, मलेसिया, सिंगापुर, युएई, कुवेत र ओमान रहेका छन्। विजेता टोलीले सन् २०२० मा दक्षिण अफ्रिकामा आयोजना हुने विश्वकपमा स्थान बनाउनेछन्।

प्रकाशित: ७ चैत्र २०७५ ०३:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App