‘गणतन्त्रले जनताकाे जीवनमा तात्विक परिवर्तन ल्याएन’ (भिडियाे)

बुधबार, ०६ चैत २०७५, २० : ०५ नागरिक

काठमाडाैं - राप्रपा अध्यक्ष कमल थापाले राजतन्त्र हटाएको १२ वर्षमा नेपाली जनताले कुनै उपलब्धि नपाएका बताएका छन्। २०६२/०६३ पछि जनताको जीवनस्तरमा तात्विक फरक नआएको भन्दै राजतन्त्रको विकल्प नरहेको बताएका छन्। बुधबार साँझ नागरिक फ्रन्टलाइनमा उनले राजतन्त्र हटेपछि भ्रष्टाचार, राष्ट्रिय विखण्डनको आवाज उठेको भन्दै देशको सार्वभौमसत्ता र अखण्डताको विषयलाई हल्काफुल्का ढंगले लिन नहुने बताए। 

एकाध घटनाबाहेक राजतन्त्र पाखा लगाएको १२ वर्षमा जनताले के पाए। उनले भने, 'जनताको जीवनस्तर सुध्रिएन। राष्ट्रिय विखण्डनको आवाज उठेको छ। नेपाल टुक्र्याउनुपर्छ भन्ने आवाज सतहमा आएको छ।' उनले सार्वभौम र अखण्डताको कुरालाई हल्काफुल्का ढंगले लिन नहुने बताए। 

मुलुकमा कहीँ कतै उठाइएको धर्म निरपेक्षताको मुद्दा उठाइएको भन्दै उनले विगतमा नेताहरुले गल्ती गरेको आरोप लगाए। परिकल्पना नै नगरिएको अन्तरिम संविधान ल्याएर त्यसलाई संशोधन गरी राजतन्त्र फालिएको भन्दै अध्यक्ष थापाले राजा नहुँदाको देश संकटमा पर्ने बताए। उनले भने, ‘नसोचेको अन्तरिम संविधान बनाइयो, माओवादीलाई एकाएक सत्तामा ल्याएर, केही सिट सुम्पेपछि राजा हटाउने काम भयो। त्यो अन्तरिम संविधानलाई पुनःसंशोधन गरेर राजा फालियो।’ जनताको प्रत्यक्ष अभिमतबिनै राजा फाल्ने गलत काम भएको तर्क गरे। 

नेसनल सेक्युरिटी हुन नसेकेको प्रति अध्यक्ष थापाले बाह्य शत्तिको चलखेलमा नेपाललाई हिन्दुराष्ट्र हुन नदिएको आरोप लगाए। २०६५ साल जेठ १५ गते नभई अन्तरिम संविधानबाटै राजा फालिएको उनले बताए।

राजतन्त्रात्मक व्यवस्थामा मुलुक स्थिर भएको तर, लोकतन्त्रमा झनै बेरोजगारी, असुरक्षाको समस्या बढेको बताए। 
मुलुकमा बहुदलीय व्यवस्थाको नाममा सर्वसत्तावाद लादिएको भन्दै लोकतन्त्र आए पनि किन विप्लव सीके राउतजस्ता व्यक्ति जन्मिए भनी प्रश्न गरेका थिए। 

लोकतन्त्रपछिको सरकारमा किन सहभागी हुनुभयो भन्ने प्रश्नमा उनले भने, ‘त्यो समय मेरो र पार्टीको तर्फबाट एउटा गम्भीर राजनीतिक र रणनीतिक भुल भएको हो।’ तर, उनले वर्तमान संविधानलाई आलोचनात्मक समर्थन गर्दै लोकतान्त्रिक तरिकाले यसको विश्लेषण गर्ने बताए। 

धर्मको विषयमा उनले अरुको धर्म स्वीकार्ने र मुलुकलाई धार्मिक निरपेक्ष नभई धार्मिक स्वतन्त्र मुलुक बनाउनुपर्ने धारणा राखे। उनले भने, ‘सबै धर्मलाई एकताको सूत्रमा बाँध्ने धर्म भनेको हिन्दू नै हो। हिन्दू धर्मले सबैलाई उत्तिकै सम्मान गर्छ। हिन्दूधर्मको विकल्प छैन।’






यसमा तपाईको मत

अन्य समाचार

सामसङको ए२०एस नेपाली बजारमा

सामसङको ए२०एस नेपाली बजारमा

इलेक्ट्रोनिक्स एवं स्मार्टफोन ब्रान्ड सामसङले नयाँ विशेषता भएको  ग्यालेक्सी ए२०एस बजारमा प्रस्तुत गरेको छ । ...

एल्जीको डाइरेक्ट ड्राइभ फ्रन्ट मोटरयुक्त वासिङ मेसिनले ग्राहकको मन जित्दै

एल्जीको डाइरेक्ट ड्राइभ फ्रन्ट मोटरयुक्त वासिङ मेसिनले ग्राहकको मन जित्दै

एल्जी इलेक्ट्रोनिक्सले अभिनव फ्रन्ड लोडर वासिङ मेसिनको उपलब्धता विस्तार गर्दै आएको छ । ...

कोका–कोला क्यापमा कार अफर– विजेतालाई टाटा टियागो गाडी हस्तान्तरण

कोका–कोला क्यापमा कार अफर– विजेतालाई टाटा टियागो गाडी हस्तान्तरण

कोका–कोला, नेपालको सबैभन्दा लोकप्रिय पेय पदार्थ ब्राण्डले आफ्नो यो वर्षको ठुलो प्रवर्दन क्याम्पेन “कोका–कोला क्यापमा कार” को विजेता हेटौंडाका अम्बर...

गिनिज वर्ल्ड रेकर्डमा दर्ता प्रयास

गिनिज वर्ल्ड रेकर्डमा दर्ता प्रयास

राउन्ड टेबल नेपालले कदम्बरी एकेडेमी, वीरगन्जका बच्चाको लागि बृहत् लैंगिक समानतासम्बन्धी कार्यशाला आयोजना गरेको छ । ...

माछापुच्छ्रे बैंकको ११ नयाँ शाखा विस्तार

माछापुच्छ्रे बैंकको ११ नयाँ शाखा विस्तार

माछापुच्छ्रे बैंकले देशका विभिन्न जिल्लाहरुमा ११ शाखा कार्यालयहरुको औपचारिक समुद्घाटन गरेको छ। ...

नेपाल क्लियरिङ्ग हाउसको साधारण सभा सम्पन्न

नेपाल क्लियरिङ्ग हाउसको साधारण सभा सम्पन्न

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो आठौँ  वार्षिक साधारण सभा मिति २५कार्तिक २०७६(११ नोभेम्बर २०१९)मा होटेल क्राउन इम्पेरियल, काठमाडौँमा सम्पन्न गरेको...

एनसेलले ल्यायो ‘अल नेट भ्वाइस प्याक’

एनसेलले ल्यायो ‘अल नेट भ्वाइस प्याक’

एनसेलका प्रिपेड ग्राहकहरुले अब देश भित्र अन्य नेटवर्कमा रहेका आफ्ना साथीभाई र आफन्तजनहरुसँग सुलभ दरमा कुरा गर्न सक्नेछन् । ...

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेल प्राईभेट लिमिटेडले हाल संचालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत काठमाडौं र ललितपुर जिल्लाका पहिलो १४ पोइन्ट अफ...

Ncell Footer Ad